बुधबार, मंसिर ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सुधारिएको युनाइटेडको लयमा ब्रेक

मंगलबार, ०९ मंसिर २०८२खेलपाटी संवाददाता
सुधारिएको युनाइटेडको लयमा ब्रेक
Classic Tech Internet Ad

काठमाडौं। म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै एभर्टनले प्रिमियर लिगमा घरेलु टिमको पछिल्लो सुधारिएको लयमा ब्रेक लगाएको छ।

१३औं मिनेटमा आफ्नै टोलीका माइकल कीनलाई हानेको कारण इड्रिस्सा गुएलाई रातो कार्ड देखाइएको घटना नै खेलको सबैभन्दा चर्चा हुने क्षण बन्यो।

२९औं मिनेटमा किर्नान ड्युजबरी-हलले सानदार गोल गर्दै एभर्टनलाई अग्रता दिलाए। त्यसपछि १० खेलाडीमा झरेको एभर्टनले खेलभरि आफ्नो अग्रता जोगाइराख्न बचाउमा ध्यान केन्द्रित गर्‍यो।

‘उनीहरू नै राम्रो टिम थिए, ११ खेलाडीमा होस् वा १० मा,’ युनाइटेडका प्रशिक्षक रुबेन आमोरिमले भने, ‘हामी सुरुदेखि नै पर्याप्त तीव्रताका साथ मैदानमा थिएनौं। उनीहरू १० मा झरेपछि हामीले अझै आक्रामक हुनुपर्थ्यो। ध्यान केन्द्रित हुन आवश्यक थियो। हामीले अझ धेरै गर्नैपर्थ्यो।’

युनाइटेडको करिब दुई महिनापछि यो पहिलो हार हो। अघिल्लो हार ब्रेन्टफोर्डसँग ३–१ को थियो। साथै, ४७ खेलपछि पहिलोपटक ओल्ड ट्राफोर्डमा १० खेलाडीमा समेटिएको टोलीले जित हासिल गरेको दिन पनि यही रह्यो।

तर, खेलको सबैभन्दा यादगार घटना १३औं मिनेटमा भयो। गुए कीनले पास ठिकसँग नलिएपछि असन्तुष्ट बने र विवाद सुरु भयो। ब्रुनो फर्नान्डेजले त्यसपछि शट प्रहार गरे।

तर, गुए कीनसँग रिसाए। कीनले उनलाई धकेल्दा गुएले प्रतिकारस्वरूप कीनको गालामा चड्का हाने। त्यसपछि रेफ्री टोनी ह्यारिङ्टनले हिंसात्मक व्यवहारका कारण रातो कार्ड देखाए।

‘गुएलाई देखाइएको रातो कार्डलाई भीएआरले पनि पुष्टि गर्‍यो। त्यो स्पष्ट रूपमा सहखेलाडीको अनुहारमा प्रहार गरिएको थियो,’ प्रिमियर लिगले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

यसअघि २००८ मा स्टोक सिटीका रिकार्डो फुलरले आफ्नै सहखेलाडी एन्डी ग्रिफिनसँग झगडा गरेपछि देखाइएको रातो कार्डपछि यस्तो कारणले मैदानबाट निकालिएका थिए। त्यसयता सेनेगलका खेलाडी यसरी रातो कार्ड पाउने पहिलो खेलाडी बने।

ड्युजबरी-हलले यसलाई एक क्षणको पागलपन भन्दै त्यसलाई कम महत्व दिए। ‘यो एकदमै अनावश्यक थियो, तर खेलपछि इड्रिस्साले सबैसँग माफी मागे। यस्तो अवस्थाबाट टिमले जसरी प्रतिक्रिया दियो, त्यो अविश्वसनीय हो,’ उनले भने।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साम्बाबिना खेल्दै नेपाल

साम्बाबिना खेल्दै नेपाल

बार्सिलोनाले चेल्सीलाई सकेन

बार्सिलोनाले चेल्सीलाई सकेन

४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’

४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’

Bajaj Pulsar Motorcycle Ad
साम्बाबिना खेल्दै नेपाल

साम्बाबिना खेल्दै नेपाल

बार्सिलोनाले चेल्सीलाई सकेन

बार्सिलोनाले चेल्सीलाई सकेन

टी–२० विश्वकप २०२६ : नेपालको सबै खेल मुम्बईमै

टी–२० विश्वकप २०२६ : नेपालको सबै खेल मुम्बईमै

काठमान्डुको दोस्रो जित

काठमान्डुको दोस्रो जित

 आईसीसी टी–२० विश्वकप : इङ्ल्यान्ड र वेस्ट इन्डिज रहेको समूहमा नेपाल

आईसीसी टी–२० विश्वकप : इङ्ल्यान्ड र वेस्ट इन्डिज रहेको समूहमा नेपाल

नेपालको जितमा नीरजको शतक

नेपालको जितमा नीरजको शतक

दृष्टिविहीन महिला टोलीलाई क्यानको १० लाख रूपैयाँ सहयोग

दृष्टिविहीन महिला टोलीलाई क्यानको १० लाख रूपैयाँ सहयोग

‘बाउन्ड्री लाइनमा’मा जनकपुरका समर्थकले गरे सन्दीपलाई अपमान !

‘बाउन्ड्री लाइनमा’मा जनकपुरका समर्थकले गरे सन्दीपलाई अपमान !