४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’
सोमबार, मंसिर ९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले आफ्नै स्थायी क्षमता फेरि एकपटक सिद्ध गरेका छन्।
आइतबार साउदी अरेबियाको क्लबका लागि उनले चमत्कारिक ‘बाइसाइकल किक’ गोल गरेका हुन्।
४० वर्षीय पोर्चुगिज सुपरस्टारले दायाँ विंगबाट आएको क्रसलाई एक्कासी एक्रोब्याटिक भलीले जाली चुमाए। यसलाई रोक्न गोलरक्षक असमर्थ रहे। यही सानदार गोलसँगै अल–नासरले साउदी प्रो लिगमा अल खलीजविरुद्धको ४–१ को जित निकाल्न सफल रह्यो।
रोनाल्डो पोर्चुगलबाट अन्तर्राष्ट्रिय खेल खेलेर भर्खरै फर्केका हुन्। आयरल्यान्डविरुद्धको खेलमा रातो कार्ड पाएका थिए।
तर, पोर्चुगलले विश्वकपमा छनोट हुँदा उत्सव मनाएका थिए। यदि उनी विश्वकप खेल्छन् भने त्यो उनको कीर्तिमानी छैटौं सहभागिता हुनेछ।











-1763904378702.png&w=3840&q=75)
