चुक्यो सिटी
आइतबार, मंसिर ८, २०८२खेलपाटी संवाददाता

काठमाडौं। लिभरपुलविरुद्ध अन्तर्राष्ट्रिय ब्रेकअघि दमदार जित निकालेर इङ्लिस प्रिमियर लिगमा आर्सनलनजिक पुग्ने मौका म्यानचेस्टर सिटीसँग थियो। तर, लगातार दुई खेल हारेको न्यूक्यासलले सिटीका कमजोरीहरू उजागर गरिदियो।
हार्भी बार्न्सले निक वोल्टेमेंडसँग मिलेर धेरै अवसर गुमाए । अन्ततः न्यूक्यासलले २–१ को जित निकाल्न सफल रह्यो। बार्न्सले खेलको ६३औं मिनेटमा बक्सको छेउबाट प्रहार गरेको लो–सटमार्फत पहिलो गोल गरे।
पाँच मिनेटपछि रुबेन डियासले सिटीका लागि बराबरी गोल फर्काए। तर, बार्न्सले ७०औँ मिनेटमा विजयी गोल गर्न भ्याए। एक खेल बढी खेलेको सिटी १२ खेलबाट २२ अंक जोड्दै अहिले तेस्रो स्थानमा छ। आर्सनलभन्दा चार र चेल्सीभन्दा १ अंक पछाडि।
‘अझै पनि धेरै, धेरै, धेरै लामो यात्रा बाँकी छ,’ सिटीका प्रशिक्षक पेप गार्डियोलाले भन्छन्।







-1763853774420.webp&w=3840&q=75)



-1763794837011.jpeg&w=3840&q=75)
