कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

काठमाडौं। फुटबलको महायुद्ध अर्थात विश्वकप सुरु हुन अझै एक वर्ष बाँकी नै छ। सोही क्रममा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो ४१ वर्षको उमेरमा आफ्नो छैठौं विश्वकप खेल्दै खेल जीवनबाट सन्न्यास लिने बताएका छन्।
‘पक्कै, किनभने म ४१ वर्षको हुनेछु,’ रोनाल्डोले भने। रोनाल्डोको प्रदर्शन अझै प्रभावशाली छ। छनोट चरणका ४ खेलमा ५ गोल गर्दै उनले राष्ट्रिय टोलीमा पुरुष खेलाडीको विश्व कीर्तिमान १४३ गोल पुर्याइसकेका छन्।
‘म अहिले राम्रो महसुस गर्दैछु। गोल गर्दैछु, छिटो र छरितो महसुस गर्छु। राष्ट्रिय टोलीमा खेल्न रमाइलो भइरहेको छ,’ उनले भने।
पोर्चुगलले छिट्टै विश्वकपमा आफ्नो स्थान सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। टोलीले आइरल्यान्ड र आर्मेनियासँग खेल्न बाँकी छ। यी खेलमा दुई अंक जोड्न सके टोलीले अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछ।
रोनाल्डो र उनका प्रतिद्वन्द्वी लिओनल मेसी दुवै आफ्नो छैठौं विश्वकप खेल्न लागेका हुन्। यससँगै जर्मन महान् खेलाडी लोथार म्याथियसको कीर्तिमान तोड्नेछ। उनले १९८२–९८ सम्म हरेक विश्वकप खेलेका थिए।
अर्जेन्टिनी कप्तान मेसी साबिक विजेताका रूपमा सहभागी हुँदैछन् र समूह चरणका खेल खेल्दा उनी ३९ वर्षका हुनेछन्। रोनाल्डो र मेसी दुवै २०३० विश्वकप घरैमा बसेर हेरिरहेका हुनेछन्। किनभने पोर्चुगल र अर्जेन्टिना उक्त संस्करणका आयोजक हुन्।
‘मेरो धेरै कीर्तिमानहरू छन् र म त्यसमा गर्व गर्छु। त्यसैले अहिलेको क्षणको आनन्द लिनुहोस्,’ रोनाल्डोले अन्तिममा भने।








-1762856022963.jpg&w=3840&q=75)



