डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल
-1762303379429.webp&w=3840&q=75)
काठमाडौं। च्याम्पियन्स लिगमा मिक्की भान डे भेनले गरेको गोल सिजनकै उत्कृष्ट गोल बन्न सक्ने चर्चा भइरहेको छ।
टोटनह्यामका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रको किनाराबाट बल लिए र करिब ९० मिटरको अद्भुत दौड लगाउँदै विपक्षी एफसी कोपेनहेगनका तीन खेलाडीलाई पार गर्दै गोलपोष्टमा पठाए।
६४औं मिनेटमा आएको उनको सो सानदार व्यक्तिगत गोलले टोटनह्यामलाई ३–० को अग्रता दिलायो। यो उनको यो सिजनको छैटौं गोल हो, त्यो पनि डिफेन्डर भएर।
‘साँचो कुरा भन्नुपर्दा मैले अघि सानो खाली ठाउँ देखें र सोचेँ, ठीक छ, अब ड्रिबल गर्छु र हेर्छु, तिनीहरूले समाउँछन् कि समाउँदैनन्,’ नेदरल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी भान डे भेनले भने,‘हरेक पटक ठाउँ खुल्दै गयो र मलाई लाग्यो अब म पुगें, गोलमै जाने बेला भयो। म निरन्तर अगाडि बढ्न सक्ने महसुस गरें र मैले गरें।’
टोटनह्यामका प्रशिक्षक थोमस फ्र्याङ्कले उनको प्रशंसा गर्दै भने,‘त्यो निश्चय नै सिजनको उत्कृष्ट गोल हुन सक्छ। त्यो मानौं लिओनल मेसी नै डिफेन्डर बनेर खेलिरहेका हुन् जस्तो थियो।’
टोटनह्यामले अन्ततः खेल ४–० ले जित्दै समूह चरणमा प्रभावशाली प्रदर्शन जारी राख्यो।







-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)



