सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

सोमबार, कार्तिक १८, २०८२खेलपाटी संवाददाता
क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना
Classic Tech Internet Ad

काठमाडौं। बार्सिलोनाको रंगशालामा आइतबार राति वातावरण अलिक भिन्न रह्यो।

गत हप्ता क्लासिकोमा रियल मड्रिडसँगको हारले समर्थकहरूको मुहारमा अझै निराशा झल्किरहेको थियो। तर, खेल सुरु भएको नौ मिनेटमै युवा खेलाडी लामिन यमलले गोल गर्दै त्यो मौनतालाई उत्साहमा बदलिदिए।

त्यसपछि फेरान टोरेस र नयाँ अनुहार मार्कस रासफोर्डले गोल थपे। योसँगै बार्सिलोनाले एल्चेलाई ३–१ ले पराजित गर्दै लिग तालिकाको दोस्रो स्थान पुनः हासिल गर्‍यो।

गत साता क्लासिकोमा २–१ ले पराजित भएको बार्सिलोना अब शीर्षस्थानमा रहेको रियल मड्रिडभन्दा पाँच अंकले पछि छ। शनिबार मड्रिडले भ्यालेन्सियालाई ४–० ले हराएको थियो।

बार्सिलोनाका मुख्य प्रशिक्षक ह्यान्सी फ्लिकले खेलपछि भने,‘हामीले राम्रो खेल्यौं, तर अझ सुधार गर्नुपर्ने धेरै कुरा छन्। यो जितले आत्मविश्वास फर्काएको छ र हामी सकारात्मक सोचका साथ अघि बढ्नेछौं।’

बार्सिलोना अब आउँदो बुधबार च्याम्पियन्स लिगमा क्लब ब्रुगसँग भिड्नेछ। नवौं मिनेटमा अलेजान्द्रो बाल्डेको पासमा यमलले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

त्यसको तीन मिनेटपछि फेरान टोरेसले फर्मिन लोपेजको पासमा गोल गर्दै स्कोर २–० बनाए र आफ्नो बार्सिलोना करिअरको ५०औं गोल पूरा गरे।

टोरेसले गोल ‘सेलिब्रेसन’पछि आफ्ना टी–शर्टमा लेखिएको सन्देश देखाए,‘भ्यालेन्सिया, अल्वेज इन आवर मेमोरि।’ यो सन्देश भ्यालेन्सिया क्षेत्रमा एक वर्षअघि आएको बाढीका पीडितहरूलाई समर्पित थियो।

एल्चेका राफा मिरले ४२औं मिनेटमा उत्कृष्ट काउन्टर अट्याकबाट गोल फर्काए। तर, मार्कसले ६१औं मिनेटमा गोल गर्दै खेल पक्कापक्की गरे। उनको ५२औं मिनेटको गोल अफसाइडका कारण रद्द गरिएको थियो।

एल्चे हाल लिगको नवौं स्थानमा छ र पछिल्ला चार खेलमा जितविहीन (तीन हार) छ। बार्सिलोना भने पछिल्ला पाँच खेलमध्ये तीनमा पराजित भएको थियो। टोली अझै पनि मोन्टजुइक स्टेडियममा खेलिरहेको छ। क्याम्प नोउको पुनर्निमार्ण कार्यका लागि अनुमति प्रक्रिया जारी छ।

यस खेलमा डानी ओल्मो र रोबर्ट लेवान्डोस्की चोटबाट फर्किए। दोस्रो हाफमा परिवर्तन खेलाडीका रूपमा यी दुई मैदानमा प्रवेश गरेका थिए। दुवैले अक्टोबरको सुरुदेखि खेल खेलेका थिएनन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बायर्नले बर्लिनसँग खेल्ने

बायर्नले बर्लिनसँग खेल्ने

फेरि चम्किए हल्यान्ड

फेरि चम्किए हल्यान्ड

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

बायर्नले बर्लिनसँग खेल्ने

बायर्नले बर्लिनसँग खेल्ने

फेरि चम्किए हल्यान्ड

फेरि चम्किए हल्यान्ड

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

सालाहको ऐतिहासिक २५० औं गोल

सालाहको ऐतिहासिक २५० औं गोल