दुई दिन पर सर्यो झापा महिला गोल्डकप

बिर्तामोड। शनिबरदेखि सुरु हुने भनिएको प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले शनिबारसम्म झापासहित अधिकांश स्थानमा वर्षा हुने भएकाले प्रतियोगिता दुई दिन सार्ने आयोजक झापा महिला गोल्डकपले निर्णय गरेको छ।
योसँगै उद्घाटन खेल कात्तिक १७ गते सोमबारलाई सारिएको छ। उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच हुनेछ।
त्यस्तै, दोस्रो खेल कात्तिक १८ गते नेपाल एपीएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबले खेल्नेछ। झापा महिला गोल्डकपको तेस्रो खेल कात्तिक १९ गते संकटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ।
चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक २१ गते हुनेछ भने अन्तिम सेमिफाइनल खेल कात्तिक २२ गते हुनेछ। झापा महिला गोल्डकपको फाइनल खेल कात्तिक २४ गते हुनेछ।










%20(1)-1761905198112.png&w=3840&q=75)

