समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

काठमाडौं। नेपाली महिला फुटबल टोलीकी डिफेन्डर समीक्षा घिमिरेले साफ क्लब च्याम्पियनसिप बंगलादेशी क्लबबाट खेल्ने भएकी छन्।
उनलाई बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीले विदेशी कोटामा अनुबन्ध गरेको हो। विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएकी उनलाई नासरिनले बिहीबार अनुबन्ध गरेको घोषणा गरेको हो।
योसँगै नासरिनमा अनुबन्ध हुने उनी दोस्रो नेपाली खेलाडी बनेकी छन्। एकेडेमीले यसअघि नै डिफेन्डर पूजा रानालाई अनुबन्ध गरिसकेको थियो।
पूजा पछिल्लो समय भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेडबाट खेलिरहेकी थिइन्। तर, उक्त क्लबसँग सम्झौता सकिसकेको छ। त्यसैले बंगलादेशी क्लबसँग खेल्ने बाटो खुलेको हो।
प्रतियोगिताको पहिलो संस्करण डिसेम्बर ५ देखि २० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने यसअघि नै तय भइसकेको छ।
प्रतियोगितामा नासरिनबाहेक नेपालको एपिएफ क्लब, भारतको इस्ट बंगल क्लब, भुटानको ट्रान्सपोर्ट युनाइटेड, र पाकिस्तानको कराँची सिटी एफसी सहभागी हुनेछन्।







-1761808270369.png&w=3840&q=75)


copy-1761474438174-1761833912550.avif&w=3840&q=75)


