पहिलो हाफमा नेपालको पुनरागमन
बुधबार, कार्तिक १३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण ‘च्यारिटी म्याच’को पहिलो हाफमा पुनरागमन गरेको छ।
भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा जारी खेलमा घरेलु टोलीले १-१ को अग्रता लिएको हो। भारतकी सौम्या गुगुलोथले गोल गरिन्। नेपालकी अनिता बस्नेतले बराबरी गोल फर्काइन्।
खेलको ३०औं मिनेटमा भारतले सुरुआती अग्रता लियो। ब्याक पास आएको बललाई डिफेन्डर निशा थोकरले क्लियर गर्ने प्रयास गरेकी थिइन्। तर, सौम्यालाई नै बल लाग्न पुग्यो। उनले निशाालाई नै बिट गर्दै गोल गरिन्।
तर, पहिलो हाफको इन्जुरी समयमा नेपाल खेलमा फर्कियो। कप्तान अनिताले प्रहार गरेको कर्नर बल रिबाउन्ड हुँदै गोलमा परिणत भयो।











copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)