पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजनका दुईसहित ८ टिम

पथरी (मोरङ)। दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजनका दुईसहित ८ टिमले सहभागिता जनाउने भएका छन्।
आयोजक पथरी ११ फुटबल क्लबले मंगलबार १५ कार्तिकबाट सञ्चालन हुने प्रतियोगितामा संकटा र न्यूरोड टिम (एनआरटी) पनि सहभागी हुने जानकारी दिएको हो।
एक हप्ता चल्ने प्रतियोगितामा यी दुईबाहेक ललितपुरे क्लब बिग्रेड ब्वाइज, सिराहाको सलहेस युवा क्लब, झापा ११ फुटबल क्लब, पाँचथर फुटबल क्लब, भारतको सिलीगुडी कञ्चनजंघा फुटबल क्लब भारत र आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लब सहभागी हुनेछन्।
गोल्डकपको विजेताले ५ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ। उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष सुमन विकले जानकारी दिए।
गत वर्षभन्दा पुरस्कार राशिमा वृद्धि गरिएको हो। यस्तै, विधागत रूपमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरर्वड र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिने भएको छ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि पुरस्कृत गरिने भएको छ।













-1761641224925.jpeg&w=3840&q=75)