झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला
शुक्रबार, कार्तिक ८, २०८२खेलपाटी संवाददाता

काठमाडौं। झन्डै ५ महिनापछि गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा नेपाली राष्ट्रिय महिला टोलीको गोलपोस्टमा फर्किएकी छन्।
शिलोङको जवाहरलाल नेहरू स्टेडियमस्थित पोलो ग्राउन्डमा इरानसँग केही बेरमा हुने खेलमा उनलाई मुख्य प्रशिक्षक नविन न्यौपानेले मौका दिएका हुन्।
अन्तिमपल्ट २ जुनमा उनले आफ्नै कप्तानीमा थाइल्यान्डविरुद्ध खेलेकी थिइन्। उक्त खेलमा उनको कप्तानीमा रहेको नेपालले २–० को हार बेहोरेको थियो।












