बिहिबार, कार्तिक ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

बिहिबार, कार्तिक ७, २०८२खेलपाटी संवाददाता
भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो
Classic Tech Internet Ad

काठमाडौं। केही दिनअघि फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक आम्दानी गर्ने फुटबलरको सूचीमा शीर्ष स्थानमा रहेका क्रिस्टियानो रोनाल्डो फेरि अर्को सूचीमा पनि अग्रस्थानमा उक्लिएका छन्।

यसपटक उनले स्पोर्ट्स प्रोले प्रकाशन गरेको विश्वका ५० जना सबैभन्दा बजारयोग्य खेलाडीको सूचीमा पहिलो स्थान हासिल गरेका छन्।

युनाइटेड किङ्डममा आधारित खेल व्यवसायसम्बन्धी मिडिया स्पोर्ट्स प्रोले यो सूची तयार गर्न तीन मुख्य मापदण्ड ब्रान्ड शक्ति, बजार प्रभाव (टोटल एड्रेसेबल मार्केट) र आर्थिक मूल्यांकनलाई आधार बनाएको थियो। यसमा खेलाडीहरूलाई १०० अंकमा मूल्याङ्कन गरिएको थियो।

यस वर्षको सूचीमा शीर्ष चार स्थानमा कुनै पनि फुटबलर छैनन्। तर, शीर्ष १० मा दुई जना फुटबलर परेका छन्। सूचीको पाँचौं स्थानमा र फुटबलरमध्ये शीर्षमा छन् ४० वर्षका पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डो। उनी गत वर्षको तुलनामा चार स्थान माथि उक्लिएका हुन्।

केही हप्ता अघि फोर्ब्सको सर्वाधिक आम्दानी गर्ने फुटबलर सूचीमा पनि उनी नै पहिलो थिए। उनको पछिल्ला स्थानमा छन् ब्राजिलियन स्टार नेयमार जुनियर। चोटका कारण मैदानबाट टाढा रहे पनि बजारमा उनको प्रभाव अझै बलियो छ।

सूचीमा रवर्ट लेवान्डोव्स्की ११औं स्थानमा (फुटबलरमध्ये तेस्रो), किलियन एम्बाप्पे १३औं र भिनिसियस जुनियर १४औं स्थानमा छन्। २०२० र २०२३ मा यही स्पोर्ट्स प्रोको विश्वकै बजारयोग्य खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका लिओनल मेसी यसपटक १६औं स्थानमा झरेका छन्। उनी अघिल्लो वर्षको तुलनामा ११ स्थान तल झरेका हुन्।

शीर्ष ५० भित्र बुकायो साका (१९औं), लामिन यमल (२३औं), ह्यारी केन (२८औं), राफिन्हा (३०औं), मार्कस रासफोर्ड (३२औं), आश्राफ हाकिमी (३४औं), अलेक्सिया पुतेल्यास (३६औं), मोहम्मद सलाह (४३औं), रोड्रिगो (४४औं), जामाल मुसियाला (४५औं), बेथ मिड (४६औं) र डानी ओल्मो (४९औं) छन्।

तर, यो सूचीमा एर्लिङ हालान्ड, जुड बेलिङहम, किभिन डि ब्रुइन र कोल पाल्मरजस्ता चर्चित फुटबलरको नाम अटाएको छैन। यस वर्षको समग्र सूचीमा सबैभन्दा बजारयोग्य खेलाडी बनेका छन्, ब्रिटिश फर्मुला–वान चालक लुइस ह्यामिल्टन।

गत वर्ष शीर्ष स्थानमा रहेकी अमेरिकी जिम्नास्ट सिमोन बाइल्स यसपटक दोस्रो स्थानमा झरेकी छन्। तेस्रो स्थानमा अमेरिकी रग्बी खेलाडी इलोना माहेर र चौथो स्थानमा अमेरिकी बास्केटबल स्टार स्टीफन करी छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !

Bajaj Pulsar Motorcycle Ad
भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

भिनिसियस र मेसीलाई पनि पछाडि पार्दै फेरि शीर्ष स्थानमा रोनाल्डो

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

हसी भन्छन्- पहिले नै डेब्यू गरेको भए सचिनलाई पनि उछिन्थें

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

बंगलादेशका महिला फुटबल खेलाडीको सम्झौता दुई महिना थपिने

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

अस्ट्रेलियाको होवर्टमा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

कामना लगातार तीन खेलमा ‘प्लेयर अफ द म्याच’, नैफारू सेमिफाइनलनजिक

फेरि चल्यो हालान्डको गोल मसिन !

फेरि चल्यो हालान्डको गोल मसिन !

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल

च्याम्पियन्स लिगमा पनि उस्तै लयमा आर्सनल