फेरि चल्यो हालान्डको गोल मसिन !
बुधबार, कार्तिक ६, २०८२खेलपाटी संवाददाता
-1761099128165.webp&w=3840&q=75)
काठमाडौं। अद्भुत रहेका एर्लिङ हालान्डले फेरि एकपटक आफ्नो गोल मसिन चलाएका छन्। च्याम्पियन्स लिगअन्तर्गत मंगलबार सम्पन्न भिल्लारियलविरुद्धको खेलमा उनले यस सिजनको १४ खेलमै २४औं गोल पूरा गरे।
यससँगै उनको लगातार गोल गर्ने क्रम १२ खेलसम्म पुगेको छ। नर्वेजियन स्ट्राइकरले अहिलेसम्मको च्याम्पियन्स लिग यात्रामा ५१ खेलमै ५३ गोल पुर्याएका छन्। योसँगै उनी युरोपको इतिहासकै सर्वाधिक प्रभावशाली स्ट्राइकरहरूमध्ये एक बनेका छन्।
यस सिजन हालान्डले गोल गर्न नसकेको एक मात्र खेल अगस्टमा टोटनह्यामविरुद्धको २–० को हार हो। भिल्लारियलविरुद्ध बेर्नार्डो सिल्भाले पनि एक गोल गर्दै म्यानचेस्टर सिटीलाई २–० को जित दिलाए। योसँगै ३ खेलबाट ७ अंक जोडेको सिटी तालिकामा पाँचौं स्थानमा उक्लिएको छ।