भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न फर्किए ‘साम्बा’ र पूजा
आइतबार, कार्तिक ३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र डिफेन्डर पूजा राना स्वदेश फर्किएका छन्।
यी दुई टोलीसँग नेपालले भारतको सिलोङमा खेल्ने तय भएको छ। नेपालले २४ अक्टोबरमा इरानसँग खेल्नेछ। त्यसको तीन दिनपछि भारतसँग नेपालले खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
साम्बा निन्जा ‘ए’ लिग खेल्न अस्ट्रेलिया पुगेकी थिइन्। वालिङ्टन फोनिक्ससँग आबद्ध रहेकी उनी प्रि–सिरिजका खेल खेलेर फर्किएकी हुन्। पूजा भने भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेडमा अनुबन्धित थिइनन्।