शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्लब करिअरमा केनको ४००औंं गोल पूरा

आइतबार, ०२ कार्तिक २०८२खेलपाटी संवाददाता
क्लब करिअरमा केनको ४००औंं गोल पूरा
Loading ad...
mustang rice ad

काठमाडौं। बायर्न म्युनिखले शनिबार राति बोरुसिया डोर्टमुन्डमाथि जित निकाल्दै बुन्डेसलिगाको शीर्ष स्थानमा पाँच अंकको अग्रता कायम राखेको छ।

यो जितसँगै बायर्नले यो सिजनका पहिलो सातै खेल जित्दै २१ अंकसहित आफ्नो शतप्रतिशत प्रदर्शन निरन्तर राखेको छ। ‘यो ठूलो खेल थियो। डोर्टमुन्ड लामो समयदेखि अपराजित थियो, हामी पनि थियौं,’ बायर्नका स्टार स्ट्राइकर ह्यारी केनले खेलपछि भने,‘हामीलाई निरन्तर जित्दै जानु छ, अहिलेसम्म त्यो राम्रोसँग भइरहेको छ।’

यस हारसँगै डोर्टमुन्ड चौथो स्थानमा झरेको छ। बायर्नभन्दा सात अंकले पछाडि छ। बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले यस खेलमा केनलाई नम्बर १० को भूमिकामा उतारेका थिए। उनले चेल्सीबाट आएका लोन खेलाडी निकोलास ज्याक्सनको पछाडि खेले।

केनले खेलको सुरुआती चरणमै आफ्नो सिर्जनात्मक क्षमता देखाए। उनले लुइस डियाज र माइकल ओलिसेलाई उत्कृष्ट पासहरू दिए, जसले पहिलो १० मिनेटमै दुईवटा सुनौलो अवसर गुमाए।

२१औं मिनेटमा केनले कार्नरबाट हेडर गर्दै गोल गरे र क्लब करिअरको ४००औँ गोल पूरा गरे। यो सिजन उनले सबै प्रतियोगिता मिलाएर ११ खेलमा १९ गोल गरिसकेका छन्, जसमा १२ गोल बुन्डेसलिगामा छन्।

पहिलो हाफमा बायर्नको पूर्ण नियन्त्रण रहे पनि दोस्रो हाफमा डोर्टमुन्डले राम्रो प्रतिक्रिया देखायो। सेरहू गिरासीले बायर्नको गल्ती समातेका थिए र करिम अडेमीलाई गोलका लागि बल पास गरे। तर, अडेमीले शट लिँदै गर्दा चिप्लिए।

खेलको ७९औं मिनेटमा सब्स्टिच्युट जोबे बेलिङहमले आफ्नो बक्समा बल गुमाउँदा माइकल ओलिसेले सजिलै गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए।

केनले खेलपछि बेलिङहमलाई सान्त्वना दिएका थिए। ‘मैले उनलाई भनें तिमी जे गर्दैछौ, गर्दै जाऊ। ऊ निकै प्रतिभाशाली खेलाडी हो,’ केनले भने।

८४औं मिनेटमा डोर्टमुन्डका जुलियन ब्रान्ड्टले जुलियन रायर्सनको क्रसमा खुट्टा छुवाउँदै गोल फर्काए। तर, त्यसपछि उनीहरू बराबरी गोल निकाल्न असफल रहे।

खेलपछि केनले आफ्नो बायर्नसँगको सम्झौता विस्तारबारे पनि टिप्पणी गरे। उनले भने,‘कुनै हतार छैन, तर कुराकानी हुनेछ। म यहाँ निकै खुसी छु, सबै कुरा राम्रोसँग भइरहेको छ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान