सिटीको जितमा हालान्डको दुई गोल

काठमाडौं। म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले शनिबार पुनः उत्कृष्ट प्रदर्शन गर्दै पाँच मिनेटभित्र दुई गोल गरेका छन्। योसँगै सिटीलाई एभर्टनमाथि २–० को जित दिलाउँदै प्रिमियर लिगको दोस्रो स्थानमा पुर्याए।
पेप ग्वार्डिओलाको टोलीले ८ खेलपछि १६ अंक बनाएको छ। एभर्टन भने ११ अंकसहित १०औं स्थानमा झरेको छ।
२५ वर्षीय हालान्डले यस सिजन क्लब र देशका लागि लगातार ११ खेलमा गोल गरेका छन्। योसँगै उनको कुल गोल संख्या २३ पुगेको छ। उनीले खेलको ५८औं मिनेटमा निको ओ’रिलीको बायाँबाट आएको क्रसमा हेडर गर्दै गोलको खाता खोले।
त्यसपछि पाँच मिनेटमै साविन्होको पासमा उनले बायाँ खुट्टाले शक्तिशाली प्रहार गर्दै दोस्रो गोल गरे, जुन एभर्टनका जेम्स टार्कोस्कीको हल्का डिफ्लेक्सनपछि गोलरक्षक जोर्डन पिकफोर्डलाई पार गर्दै नेटमा पुग्यो।
ग्वार्डिओलाले खेलपछि भने,‘एर्लिङ त्यसका लागि नै बाँच्छ। हाम्रो पासिङ अझ राम्रो हुँदै गएको छ र अहिले उनी हाम्रो प्रमुख हतियार हुन्।’
उनले थपे,‘अन्तर्राष्ट्रिय ब्रेकपछि पहिलो हाफ सामान्यतया कठिन हुन्छ। हामीले दोस्रो बलमा नियन्त्रण गर्न सकेनौं।’