एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक
-1760838138651.webp&w=3840&q=75)
काठमाडौं। इन्टर मियामीका कप्तान लिओनल मेसीले अमेरिकन सकर लिग (एमएलएस)मा आफ्नो करिअरको दोस्रो ह्याट्रिक पूरा गरेका छन्।
आइतबार बिहान न्यासभिल एससीमाथि ५–२ को जितमा उनले ह्याट्रिक गरेका हुन्। गत वर्ष अक्टोबर १९, २०२४ मा मियामीले न्यू इङ्ग्ल्यान्ड रिभोलुसनलाई ६–२ ले हराउँदा मेसीले पहिलो एमएलएस ह्याट्रिक गरेका थिए। यो सिजनको १९औं ह्याट्रिक हो।
मेसीले पहिलो गोल खेलको ३५औं मिनेटमा बक्सको टपबाट हानेर मियामीलाई अग्रता दिलाए। त्यसपछि ६३औं मिनेटमा उनलाई पेनाल्टी दिइयो, जसलाई उनले सफलतापूर्वक गोलमा परिणत गर्दै खेललाई २–२ बराबरीमा ल्याए।
८१औं मिनेटमा मेसीले बक्सको बीचबाट बायाँ खुट्टाले गोल गर्दै ह्याट्रिक पूरा गरे र टोलीको अग्रता ४–२ बनाए। यो प्रदर्शनसँगै मेसीले एमएलएसमा २९ गोल पूरा गरेका छन्। उनलाई गोल्डेन बुट र लिग एमभीपी शीर्षकका लागि बलियो दाबेदार बनाएको छ।
उनी हाल लस एन्जेलस एफसीका डेनिस बुआङ्गाभन्दा ५ गोलले अघि छन्।