शनिबार, कार्तिक २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

शनिबार, कार्तिक २, २०८२खेलपाटी संवाददाता
गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड
Classic Tech Internet Ad

काठमाडौं। नर्वे स्ट्राइकर एर्लिङ हाल्यान्डले अन्तर्राष्ट्रिय फुटबलमा फेरि एक ऐतिहासिक उपलब्धि कायम गरेका छन्। शनिबार राति सम्पन्न विश्वकप छनोट खेलमा इजरायलविरुद्ध ५-० को विजयी प्रदर्शनमा हाल्यान्डले ह्याट्रिक गर्दै आफ्नो नाम इतिहासमा लेखाएका हुन्।

खेलको पहिलो हाफमा हाल्यान्डले २७औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाए। बाँकी दुई गोल आत्मघाती भए पनि खेलको नतिजा नर्वेको पक्षमा रह्यो। तर, सबैभन्दा ठूलो चर्चा हल्यान्डको व्यक्तिगत उपलब्धि हो।

हाल्यान्डले ४६ अन्तर्राष्ट्रिय खेलमै ५० गोल पूरा गरेका छन्। योसँगै उनलाई सबैभन्दा छिटो ५० गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडीको रूपमा विश्व फुटबलमा स्थान दिलाएको छ।

यसअघि इङ्ल्यान्डका ह्यारी केनले ५० गोल पूरा गर्न ७१ खेल खेलेका थिए। ब्राजिलका नेयमार जुनियरलाई ५० गोल पूरा गर्न ७४ खेल लागेको थियो।

चिरप्रतिद्वन्द्वी लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको तुलनामा पनि हाल्यान्डको उपलब्धि प्रभावशाली देखिन्छ। मेसीले ५० गोल गर्न १०७ खेल खेलेका थिए। रोनाल्डोलाई त ११४ खेल खेल्नुपरेको थियो।

हालको उपलब्धिले स्पष्ट गर्छ हाल्यान्ड विश्व फुटबलमा गोल गर्ने क्षमतामा सबैभन्दा तीव्र प्रगति गरिरहेका खेलाडीमध्ये एक हुन्। उनका प्रदर्शनले नर्वेलाई विश्वकप छनोटमा मात्र होइन, अन्तर्राष्ट्रिय फुटबलमा पनि नयाँ उचाइमा पुर्‍याइरहेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

Bajaj Pulsar Motorcycle Ad
गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

अपराजित रहँदै नेपालले जित्यो उपाधि

अपराजित रहँदै नेपालले जित्यो उपाधि

नेपालको पोस्टमा एक दर्जन गोल

नेपालको पोस्टमा एक दर्जन गोल

सामोआलाई नेपालको विशाल लक्ष्य

सामोआलाई नेपालको विशाल लक्ष्य