नेपालको पोस्टमा एक दर्जन गोल
शुक्रबार, कार्तिक १, २०८२खेलपाटी संवाददाता
-1760707366148.jpeg&w=3840&q=75)
काठमाडौं। घरेलु टोली थाइल्यान्डसँग एक दर्जन गोल खाँदै नेपाल एएफसी महिला यु–१७ एसियन कप छनोटबाट बाहिरिएको छ।
थाइल्यान्डको चोनबुरी स्टेडियममा शुक्रबार सम्पन्न समूह ‘एफ’ को अन्तिम खेलमा नेपाल १२–० ले पराजित भएको हो। योसँगै शतप्रतिशत जित निकाल्दै थाइल्यान्ड अर्को चरणमा प्रवेश गरेको छ।
नेपाल र तुर्केमेनिस्तान भने जितविहीन रहे। नेपालले पहिलो खेलमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो। थाइल्यान्डले भने तुर्केमेनिस्तानलाई १७–० ले पराजित गरेको थियो।