विश्वकपको अझ नजिक पुगेको नेदरल्यान्ड्स
Title

काठमाडौं। नेदरल्यान्ड्सले आइतबार फिनल्यान्डमाथि ४–० को फराकिलो जित निकाल्दै २०२६ को विश्वकप यात्रा सहज बनाएको छ।
रोटरड्याममा भएको खेलमा डच टोलीले सुरुदेखि अन्त्यसम्म खेलमा पूर्ण नियन्त्रण जमायो। डच टोलीले लगातार आक्रमण गर्दा फिनल्यान्डको रक्षापंक्ति पटक–पटक कमजोर देखियो।
खेलको आठौं मिनेटमै डच टोलीका डोनेल मालनले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि १७औं मिनेटमा कप्तान भर्जिल भान डाइकले दोस्रो गोल थपे। खेलको ३८औं मिनेटमा मेम्फिस डेपायले तेस्रो गोल गर्दै पहिलो हाफमै जित सुनिश्चित गरे।
दोस्रो हाफमा पनि आक्रमणको लय कायम राखेको डच टोली अन्ततः ८४औं मिनेटमा कोडी गाक्पोको गोलमार्फत चौथो गोल गर्दै फिनल्यान्डलाई पूर्ण रूपमा खेलबाट बाहिर धकेल्यो।
यस जितपछि डच टोलीले समूह ‘जी’ मा ६ खेलबाट १६ अंकसहित शीर्ष स्थान मजबुत बनाएको छ। दोस्रो स्थानमा रहेको पोल्यान्डले ५ खेलमा १० अंक जोडेको छ।
यसैबीच, समूह ‘एल’को खेलमा क्रोएसियाले जिब्राल्टरमाथि ३–० को सहज जित निकाल्दै विश्वकप नजिक्याएको छ।
नेदरल्याण्ड्स र क्रोएसिया दुवै टोलीको पछिल्लो प्रदर्शनले २०२६ को विश्वकपमा उनीहरूको उपस्थिति लगभग निश्चित बनाउँदै गएको छ।