सोमबार, असोज २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फेरि पेनाल्टीमा चुके रोनाल्डो

२०२५ अक्टोबर १२, आइतबार: ०३:०१ पूर्वाह्नAdmin User

Title

फेरि पेनाल्टीमा चुके रोनाल्डो
Classic Tech Internet Ad

काठमाडौं। दुई महिनाअघि भएको दुर्घटनामा डिएगो जोटाको निधन भएपछि पहिलो पटक आफ्नै घरेलु मैदानमा खेलेको पोर्चुगलले शनिबार राति आयरल्यान्डलाई १–० ले हराउँदै भावनात्मक जित हासिल गरेको छ।

लिस्बोनको एस्तादियो जोसे आल्भालादेमा भएको विश्वकप छनोटको युरोपेली क्षेत्र समूह ‘एफ’को खेलमा पोर्चुगलले सुरुदेखि अन्त्यसम्म खेलमा प्रभुत्व जमायो। ७० प्रतिशत बल पजेसन राख्दै ३० वटा शट हाने, जसमा ६ लक्षित थिए। तर, गोलको बाटो खुल्न निकै ढिलो भयो।

खेलमा धेरै अवसर सिर्जना भए पनि पोर्चुगलले गोल गर्न सकेन। कप्तान क्रिस्टियानो रोनाल्डो पनि खासै प्रभावशाली देखिएनन्। उल्टै दोस्रो हाफमा पाएको पेनाल्टी मिस गरेर उनी केही समयका लागि खलनायक बने।

७५औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो। रोनाल्डोले गोलरक्षक कोइभिन केलेहरलाई विपरीत दिशामा पठाएका थिए। तर, आयरिस गोलरक्षकले अन्तिम क्षणमा खुट्टा उठाएर बल रोक्दै सानदार बचाउ गरे।

यो पेनाल्टी मिससँगै रोनाल्डोले फुटबल इतिहासमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड बनाए। यद्यपि, सबैभन्दा धेरै पेनाल्टी लिनेको कीर्तिमान पनि उनको नाममै छ।

खेल निर्धारित ९० मिनेटसम्म गोलरहित रह्यो। तर, इन्जुरी समयको पहिलो मिनेटमा रुबेन नेभेस नायक बने। दिवंगत साथी जोटाको २१ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिएका अल हिलालका यो मिडफिल्डरले हेडरमार्फत निर्णायक गोल गरे।

यो गोलसँगै उनले पोर्चुगलको जर्सीमा पहिलो पटक गोल गर्न सफल भएका हुन्। सन् २०१५ मा राष्ट्रिय टिममा डेब्यु गरेका नेभेसले आफ्नो ५९औं खेलमा आएर पहिलो गोल गरे र त्यसलाई दिवंगत जोटालाई समर्पण गरे।

यस जितसँगै पोर्चुगलले विश्वकप छनोटको तीनै खेल जित्दै पूर्ण ९ अंकसहित समूह ‘एफ’को शीर्ष स्थान कायम राखेको छ। दोस्रो स्थानमा रहेको हंगेरीले समान खेलबाट ४ अंक जोडेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल

विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल

विश्वकपमा छनोट हुने पाँचौं देश बन्यो घाना

विश्वकपमा छनोट हुने पाँचौं देश बन्यो घाना

विश्वकपको अझ नजिक पुगेको नेदरल्यान्ड्स

विश्वकपको अझ नजिक पुगेको नेदरल्यान्ड्स

Bajaj Pulsar Motorcycle Ad
विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल

विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल

विश्वकपमा छनोट हुने पाँचौं देश बन्यो घाना

विश्वकपमा छनोट हुने पाँचौं देश बन्यो घाना

विश्वकपको अझ नजिक पुगेको नेदरल्यान्ड्स

विश्वकपको अझ नजिक पुगेको नेदरल्यान्ड्स

दीपेन्द्रको मुटुले ठाउँ छाडेको अन्तिम ओभर !

दीपेन्द्रको मुटुले ठाउँ छाडेको अन्तिम ओभर !

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको शतकीय जित

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको शतकीय जित

नेपालको रोमाञ्चक जित

नेपालको रोमाञ्चक जित

आसिफको अर्धशतकमा यूएईलाई सामान्य लक्ष्य

आसिफको अर्धशतकमा यूएईलाई सामान्य लक्ष्य

टी–२० आईमा आसिफको नवौं अर्धशतक

टी–२० आईमा आसिफको नवौं अर्धशतक