शुक्रबार, असोज २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

दक्षिण कोरियाविरुद्ध ब्राजिलको अहिलेसम्मकै ठूलो जित

२०२५ अक्टोबर १०, शुक्रबार: ०४:२७ अपराह्नAdmin User

Title

दक्षिण कोरियाविरुद्ध ब्राजिलको अहिलेसम्मकै ठूलो जित
Classic Tech Internet Ad

काठमाडौं। ब्राजिलको लगातार आक्रमणमा दक्षिण कोरिया पुरै दबाबमा परेको थियो। खेलको नतिजा पनि त्यसको स्पष्ट संकेत दिन्छ। एसियाली देश कोरियाको पोस्टमा ब्राजिलले ५ गोल गरेको छ। त्यसको तुलनामा सोन ह्युंग मिनको टोलीले खासै केही गर्न सकेन। एउटा मात्र प्रहार ब्राजिलका गोलरक्षक बेन्तोले फर्काइदिए।

सियोल विश्वकप स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले यस्तो नतिजा निकालेको हो। दक्षिण कोरियाविरुद्ध यो ब्राजिलको अहिलेसम्मकै ठूलो जित हो। यसअघि २०२२ मा ५–१ को जित ब्राजिलको सबैभन्दा ठूलो जित थियो। खेलमा एस्तेभाओ विलियन र रोड्रिगोले दुई–दुई गोल गरे भने अर्को गोल भिनिसियस जुनियरले गरेका छन्।

खेलको १३औं मिनेटमै ब्राजिलले पहिलो गोल गर्‍यो। ब्रुनो गुइमारेसले दिएको पास डिफेन्स चिर्दै एस्तेभाओकोमा पुग्यो। उनले सजिलै नियन्त्रण लिए र अगाडि गोलरक्षक मात्रै थिए। एस्तेभाओले हल्का चिप हानेर बललाई जालमा पठाए।

४०औं मिनेटमा ब्राजिलले दोस्रो गोल गर्‍यो। दायाँपट्टि सुरु भएको आक्रमण बायाँपट्टि पुगेको थियो। भिनिसियसले डि–बक्स बाहिर रहेका रोड्रिगोलाई पास दिए। रोड्रिगोले तुरुन्तै बल कासेमिरोलाई दिए र फेरि पास फर्केपछि दुई डिफेन्डर छलाएर गोल गरे।

दोस्रो हाफ सुरु भएपछि ब्राजिलले झनै आक्रामक खेल देखायो। सुरुका पाँच मिनेटमै दुई गोल थपियो। ४७औं मिनेटमा कोरियाली डिफेन्डर किम मिन–जाइले क्लियर गर्न खोजेको बल एस्तेभाओले लिने मौका पाए र उनले आफ्नो दोस्रो गोल पूरा गरे।

४९औं मिनेटमा कासेमिरोले भिनिसियसलाई पास दिए र उनले रोड्रिगोलाई बल दिए। रोड्रिगोले सानो प्रहारमा सजिलै गोल गरे। ७७औं मिनेटमा ब्राजिलले अन्तिम अर्थात् पाँचौं गोल गर्‍यो।

त्यतिबेला दक्षिण कोरियाका धेरै खेलाडी ब्राजिलको भागमा थिए। ब्राजिलले काउन्टर एट्याक गर्‍यो। म्याथियस कुन्हाले बीच मैदानबाट लामो पास दिए, जुन भिनिसियसले नियन्त्रणमा लिए। उनले डि–बक्ससम्म बल लगेर एक डिफेन्डर र गोलरक्षकलाई छलाउँदै उत्कृष्ट गोल गरे।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अल्मुताइरी भन्छन्- संघ र मिडियाका कारण नेपाली फुटबल भताभुंग भयो

अल्मुताइरी भन्छन्- संघ र मिडियाका कारण नेपाली फुटबल भताभुंग भयो

४ खेलमै हम्जाको २ गोल

४ खेलमै हम्जाको २ गोल

कुशलको डेब्यु

कुशलको डेब्यु

Bajaj Pulsar Motorcycle Ad
दक्षिण कोरियाविरुद्ध ब्राजिलको अहिलेसम्मकै ठूलो जित

दक्षिण कोरियाविरुद्ध ब्राजिलको अहिलेसम्मकै ठूलो जित

नेपाल समूह विजेता

नेपाल समूह विजेता

 नेपथ्य इगल्स र रामापुर रिभाइभलियन्स विजयी

नेपथ्य इगल्स र रामापुर रिभाइभलियन्स विजयी

११ वर्षपछि बीबीएल खेल्दै स्टार्क

११ वर्षपछि बीबीएल खेल्दै स्टार्क

अल्मुताइरी भन्छन्- संघ र मिडियाका कारण नेपाली फुटबल भताभुंग भयो

अल्मुताइरी भन्छन्- संघ र मिडियाका कारण नेपाली फुटबल भताभुंग भयो

जापानविरुद्ध निर्णायक भिडन्तमा नेपाल

जापानविरुद्ध निर्णायक भिडन्तमा नेपाल

४ खेलमै हम्जाको २ गोल

४ खेलमै हम्जाको २ गोल

वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु

वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु