आक्रामक सिटी

इटालियन च्याम्पियन नापोलीलाई घरेलु मैदानमा आतिथ्य दिएको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा सुरुआतीदेखि आक्रामक खेल प्रस्तुत गर्यो। बिहीबार राति सम्पन्न खेलमा सिटी २–० ले विजयी भएको हो।
खेलको २१औं मिनेटमा नापोलीका कप्तान जियोभानी डी लोरेन्जो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पाहुना टोली १० जनामा सीमित भयो।
डिफेन्स मजबुत बनाउन प्रशिक्षकले केभिन डी ब्रुइनालाई बाहिर निकालेर ओलिभेरालाई मैदानमा पठाए पनि त्यसले काम गरेन। दोस्रो हाफमा सिटीले दुई गोल गर्दै जित सुनिश्चित गर्यो।
५६औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ५० गोल पूरा गर्ने रेकर्ड बनाएका छन्। उनले ४९ खेलमै यो उपलब्धि हात पारे। यसअघि सन् २००७ मा रुड भ्यान निस्टलरोयले ६२ खेलमा ५० गोल पूरा गरेका थिए।
६५औं मिनेटमा डोकुले दोस्रो गोल थपे। सिटीले बलमा ७४ प्रतिशत कब्जा गर्दै २३ प्रहार गर्यो भने नापोलीले मात्र १ प्रहार गर्न सक्यो