इन्टर मिलानको जितमा थुरमको २ गोल
बिहिबार, असोज २, २०८२
-1758164975870.webp&w=3840&q=75)
काठमाडौं। मार्कस थुरमको सानदार प्रदर्शनसँगै इन्टर मिलानले च्याम्पियन्स लिगको विजयी सुरुआत गरेको छ। बुधबार आजाक्सविरुद्धको खेलमा थुरमले दुई गोल गर्दै इन्टरलाई २–० को जित दिलाए।
४२औं मिनेटमा नजिकैको पोस्टबाट पहिलो गोल गरेका थुरमले ४७औं मिनेटमा दुई डिफेन्डरबीचबाट दोस्रो गोल थपे। गत सिजन पीएसजीसँग फाइनलमा ५–० को लज्जास्पद हार बेहोरेपछि इन्टरले यसपटक पुनरागमनको संकेत दिएको छ।
मुख्य प्रशिक्षक क्रिस्टियन चिभुले भने, 'यो इन्टर हो, फर्किने इच्छा भएको टोली।' थुरमले खेलमा पहिलो हाफमै पहेँलो कार्ड पाएका थिए। तर, अन्ततः निर्णायक भूमिकामा रहे। अब इन्टरले सेप्टेम्बर ३० मा घरेलु मैदानमा स्लाभिया प्रागसँग खेल्नेछ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

