उपाधि रक्षा यात्रामा पीएसजी
-1758164593012.webp&w=3840&q=75)
काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले आफ्ना स्टार फरवार्डबिना नै च्याम्पियन्स लिगको उपाधि रक्षा यात्रामा सानदार सुरुआत गरेको छ। बुधबार एटालान्टामाथि पीएसजीले ४–० को सहज जित निकालेको हो।
घरेलु मैदान पार्क दी प्रिन्समा मारक्विन्होस, ख्विचा क्वारात्स्खेलिया, नुनो मेन्डेस र गोन्कालो रामोसले गोल गरे। पहिलो हाफमै ब्राड्ली बारकोलाको एक गोल अफसाइडमा रद्द भएको थियो भने उनको पेनाल्टी पनि बचाइयो।
१९ वर्षीय स्ट्राइकर सेनी मायुलुले दुर्लभ अवसर पाएर खेल सुरु गरे। तर, गोल गर्न सकेनन्। मेन्डेसले ५१औं मिनेटमा तेस्रो गोल गरेपछि अन्त्यतिर रामोसले चौथो थपे।
मुख्य प्रशिक्षक लुइस एनरिकेले टोलीको सामूहिक खेलप्रति सन्तुष्टि जनाउँदै भने,'हामीले धेरै अवसर सिर्जना गर्यौं र जितका लागि योग्य थियौं।'
यस जितसँगै पीएसजीले आगामी अक्टोबर १ मा पाँचपटक च्याम्पियन बार्सिलोनाविरुद्ध चुनौतीको सामना गर्नेछ।