अस्ट्रेलिया लागे गोलकिपर जियारथ
२०२५ सेप्टेम्बर १७, बुधबार

काठमाडौं। नेपाल यु–२० का गोलकिपर जियारथ शेख अस्ट्रेलिया उडेका छन्। नयाँ अवसरको खोजीमा उनी व्यवसायिक करिअर अन्त्य गर्दै अस्ट्रेलिया लागेका हुन्।
एएफसी यु–२३ एसियन कप छनोट खेल्ने नेपाली टोलीमा स्थान नपाएपछि उनले एक पडकास्टमा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रशिक्षकहरूको बारेमा टिप्पणी गरेका थिए। त्यसको केही सातापछि उनले नेाल छाडेका हुन्।
कुनैबेला राष्ट्रिय टिमको भविष्यका सम्भावित गोलरक्षक मानिएका जियारथले नेपालका विभिन्न उमेर समूहका टिमको प्रतिनिधित्व गरेका थिए। उनले मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग, धनगढी एफसी र काठमाडौं रेजरर्स नेपाल सुपर लिग (एनएसएल) खेलिसकेका छन्।