सोमबार, १८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन

बुधबार, ११ भाद्र २०८२खेलपाटी संवाददाता
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल चेस संघ (एन्का) को आयोजनामा पूर्वछापामार भक्त रानाको स्मृतिमा दुई लाख चार हजार रुपिया पुरस्कारको ‘भक्त राना स्मृति खुला र्यापिड चेस प्रतियोगिता’ दुई सय २१ खेलाडीको प्रतिस्पर्धासँगै वुधबार सुरु भएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले होटल रोयल एयरपोर्टमा आयोजित प्रतियोगिताको उद्घाटन गरे ।

उनले जनयुद्धमा सहभागि छापामार र चेसवीच गहिरो सम्बन्ध भएको पनि बताए । प्रतियोगिताको उद्घाटन समारोहमा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, संघीय सांसद सूर्यमान दोङ तामाङ, एन्का अध्यक्ष दिप्न राई, नेपाल बुद्धिचाल महासंघकी उपमहासचिव मोनालिशा खम्बूलगायत उपस्थित थिए ।

जनयुद्धमा गोली लागेर घाइते भएका रानाको निधन २०८१ साल भाद्र ११ गते भएको थियो । फिडे रेटिङ १९०० मुनिका खेलाडी सहभागि दुई दिने प्रतियोगिता स्वीस प्रणालीको आधारमा नौ चरणमा सञ्चालन हुँदैछ । पहिलो दिन तीन चरणको खेल सकिँदा १९ खेलाडीले शतप्रतिशत जितसहित तीन–तीन अंक जोडेका छन् ।

यसक्रममा सुमन लामा, नवीन तण्डुकर, उमेश राई, दीपक महर्जन, लोकबहादुर गोले, खोमप्रसाद तिमल्सिना, सुनिल घिमिरे, सुशील सुवेदी, राजेश क्याप्छाकी, जेनेशलाल श्रेष्ठ, सन्देश श्रेष्ठ, हेमराज भण्डारी, कविन्द्र सिवाकोटी, मिसन दाहाल, निखिल चौधरी, जगन्नाथ ताम्राकार, चुडामणि कुलुङ राई, सचिनकुमार चौधरी र एसडी तुलाधरले सुरुआती तीनै चरणमा जित हात पारे । बाँकी ६ चरणका खेल दोस्रो दिन विहीबार सञ्चालन गरिनेछ ।

दस मिनेट र इन्क्रिमेन्ट १० सेकेन्डको र्यापिड चेसमा विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार र शीर्ष दसमा अटाउनेले जनही ६ हजार रुपिया पाउनेछन् ।

महिला, अनरेटेड, यू ८, यू १०, यू १२, यू १४, यू १६, यू १८, सातै प्रदेशका उत्कृष्ट खेलाडी, रेटिङ १८०० मुनि र १७०० मुनिका उत्कृष्ट गरी ३२ खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा