काठमाडौं। सरिता विकको ४ गोलसँगै आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले एन्फा महिला लिग छनोटमा एकतर्फी जित निकालेको छ।
च्यासल मैदानमा मंगलबार सम्पन्न खेलमा सिन्धुपाल्चोक एफसीलाई बिच फुटबल क्लबले ८–३ ले पराजित गरेको हो।
दोस्रो जितसँगै बिच फुटबल क्लबले ३ खेलमा ६ अंक जोडेको छ। सिन्धुपाल्चोक अंक र जितविहीन छ।
बिच फुटबल क्लबलेलाई जित दिलाउन सरिताबाहेक इशा चौधरीले २ गोल गरे। त्यस्तै सलिना सरु र तुलसी शाहीको नाममा समान एक गोल रह्यो। सिन्धुपाल्चोकका अनु भुसालले २ र मिन्जल लामाले एक गोल फर्काइन्।