काठमाडौं। विभागीय टोली एपिएफले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक छनोटको एफसी नासफविरुद्धको खेलको पहिलो हाफमै ३ गोल खाएको छ।
मार्काजी रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा घरेलु टोलीसँग एपिएफ ३–० ले पछि परेको हो।
एपिएफ नेपाली राष्ट्रिय टोली नै लिएर मैदान उत्रिएको छ। तर, डिफेन्समा चुक्दा पहिलो हाफमा कमजोर देखिएको हो।
यसपल्ट एपिएफले डिफेन्समा सुधार गर्न भन्दै अर्को विभागीय क्लब त्रिभुवन आर्मीबाट विमला विक र समीक्षा घिमिरेलाई भित्र्याएको थियो। यी दुई खेलाडी पनि उपयोगि साबित हुन सकेनन्।