काठमाडौं। श्रीलंकामा साफ यु-१७ च्याम्पियनसिपका बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या ३५ झारिएको छ।
मुख्य प्रशिक्षक सञ्जीत सिंहको नेतृत्वमा टोली अहिले प्रशिक्षणरत छ। सिंहले छनोट प्रक्रियालाई निरन्तरता दिँदै अन्तिम चरणको तयारी अगाडि बढाइरहेका छन्। प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकमा हुनेछ।
बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडी
समीर कुमार, निश कुमार श्रेष्ठ, गोबिन्द बिष्टा, पेम्बा तामाङ, दिग विजय शाही, कृष्ण भण्डारी, श्रृजन श्रेष्ठ, प्रतीश थापा, निश्चल मगर, योहाना लिम्बु, अनोज खड्का, समर्पण सुनार, रुपेश भुजेल, सुषान्त राना, राम थामी, प्रशान्त लिम्बु, अनमोल कार्की, युनिश बस्नेत, नासिब हेन्जन, भुपेश लामा, लक्ष्मण थामी, दिपेन कार्की, आदित्य राना मगर, प्रशान्त मोक्तान, धिरज रावल, मौसम रोकाया, विनायक थारु, सुसन मगर, भुवन कामी, सुजन स्याङ्तान, रोहित श्रेष्ठ, पेम्बा नोर्बु भोते, राम बोहरा, दिप्सन परियार र बिशेष बानियाँ।