• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
भारत फिफाबाट निलम्बनको खतरामा
खेलपाटी संवाददाता
३ घण्टा अगाडि खेलपाटी संवाददाता
भारत फिफाबाट निलम्बनको खतरामा

काठमाडौं। अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) फिफाबाट निलम्बनमा पर्न सक्ने अवस्था देखिएको छ।

दि ट्रिब्युनमा प्रकाशित हालसालैको रिपोर्टअनुसार २०२५–२६ को सिजन अनिश्चित बनेको यस संकटबीच एआईएफएफ फेरि प्रतिबन्धमा पर्न सक्ने जोखिममा छ।

मुख्य समस्या भनेको एआईएफएफको नयाँ विधान कार्यान्वयनमा भइरहेको लामो ढिलाइ हो। त्यसमाथि नयाँ फुटबल सिजन सुरु गर्न ढिलाइ भएको कारण फिफा र एसियन फुटबल कन्फेडरेसन (एएफसी) दुवै असन्तुष्ट छन्। यी समस्या कहिले समाधान हुने भन्नेबारे अहिलेसम्म कुनै स्पष्टता छैन।

एक अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, “विधान कार्यान्वयनमा ढिलाइ र फुटबल सञ्चालन नै ठप्प हुनु कसैलाई फाइदा पुर्‍याइरहेको छैन। आजको अवस्थालाई हेर्दा फिफाले कडा निर्णय गर्दै एआईएफएफलाई निलम्बन गर्नेमा आश्चर्य छैन। उनीहरूले २०२२ मा पनि तेस्रो पक्षको हस्तक्षेप भन्दै प्रतिबन्ध लगाएका थिए।”

फिफा नयाँ विधान कार्यान्वयनमा ढिलाइ भएकोमा असन्तुष्ट छ। यो विवाद सन् २०१७ बाटै सुरु भएको हो। त्यति बेला दिल्ली उच्च अदालतले एआईएफएफको निर्वाचन खारेज गरेको थियो। निर्वाचन राष्ट्रिय खेलकुद संहिता विपरीत भएको अदालतको ठहर थियो। पछि मुद्दा सर्वोच्च अदालत पुगेको थियो। सन् २०२२ को मे महिनामा सर्वोच्चले प्रफुल पटेललाई अध्यक्ष पदबाट हटाउँदै तीन सदस्यीय कमिटी अफ एड्मिनिस्ट्रेटर्स (सीओए) गठन गर्‍यो।

सीओएले विधानको प्रारम्भिक मस्यौदा तयार पार्‍यो तर धेरै राज्य संघहरूले आपत्ति जनाए। त्यसै क्रममा फिफाले तेस्रो पक्षको हस्तक्षेप भन्दै भारतलाई सन् २०२२ मा निलम्बन गर्‍यो। त्यो पनि यु–१७ महिला विश्वकप सुरु हुनै लाग्दा। प्रतियोगिता जोगाउन सर्वोच्च अदालतले सीओए नै विघटन गरिदियो र विधान बीचैमा अड्कियो।

पछि सर्वोच्च अदालतले सीओएको मस्यौदा सबै सरोकारवालामा पठाएर प्रतिक्रिया माग्यो। सुझाव संकलन गरेपछि सन् २०२३ को मे महिनामा तत्कालीन न्यायाधीश एल. नागेश्वर रावलाई संविधान अन्तिम बनाउन जिम्मेवारी दियो।

रावले आफ्नो संस्करण बुझाए र २०२५ को मार्चदेखि सर्वोच्च अदालतले मुद्दा सुन्न थाल्यो। सुनुवाइ जुलाईसम्म चलेर १८ जुलाईमा फैसला रिजर्भ गरियो। २२ अगस्ट मा सर्वोच्च अदालतले फैसला तयार भइसकेको भए पनि नयाँ पारित राष्ट्रिय खेलकुद विधेयक २०२५ सँग मिलाएर मात्र सुनाइने बतायो।

यदि एआईएफएफ फेरि निलम्बनमा पर्‍यो भने भारतीय फुटबललाई ठूलो धक्का लाग्नेछ। सबै राष्ट्रिय टोली र क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न पाउने छैनन्। यसमा सिंगापुरविरुद्ध एसियन कप छनोट खेल्न तयारीमा रहेको पुरुष टोली र २०२६ एसियन कपका लागि अघि बढिसकेको महिला टोली पनि पर्छन्।

त्यस्तै, एफसी गोवा र मोहन बगान सुपर जायन्ट्सजस्ता क्लबहरूले एसियन च्याम्पियन्स लिग–२ मा खेल्ने अवसर गुमाउने सम्भावना छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रीतिसम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित
प्रीतिसम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित
प्रीति इत्तिहादको सुरूआती ११ मा
प्रीति इत्तिहादको सुरूआती ११ मा
साफ यु-१७ खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा
साफ यु-१७ खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा
नेपाली टोलीमा पुरानै रोगको समस्या
नेपाली टोलीमा पुरानै रोगको समस्या
चुकेका फर्नान्डेस
चुकेका फर्नान्डेस
चम्किएका भिनिसियस र एमबाप्पे
चम्किएका भिनिसियस र एमबाप्पे
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रीतिसम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित
प्रीतिसम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
युरोप टूरमा चम्किएकी सिभाली 
युरोप टूरमा चम्किएकी सिभाली 
प्रीति इत्तिहादको सुरूआती ११ मा
प्रीति इत्तिहादको सुरूआती ११ मा
भारत फिफाबाट निलम्बनको खतरामा
भारत फिफाबाट निलम्बनको खतरामा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP