सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाली टोलीमा पुरानै रोगको समस्या

सोमबार, ०९ भाद्र २०८२खेलपाटी संवाददाता
नेपाली टोलीमा पुरानै रोगको समस्या
Loading ad...
mustang rice ad

काठमाडौं। इतिहासले पनि प्रमाणित गरिसकेको थियो– नेपालभन्दा बंगलादेश निकै बलियो छ।

तर, थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आइतबार सम्पन्न साफ यु–१७ महिला च्याम्पियनसिपमा खेलमा त्यो बलियो टोलीसँग नेपालले जुन तरिकाले ४० मिनेटसम्म खेलेको थियो त्यसले इतिहास पल्टाउने संकेत देखाइसकेको थियो। यद्यपि, नेपाली टोली फेरि पुरानै कमजोरीको जालमा फस्यो। गोल खाएलगत्तै आत्मबल गुमाउन पुग्यो।

साबिक विजेता बंगलादेशले ३–० को जित हात पार्दा नेपालको खेलक्रम फेरि पनि मानसिक स्थिरतामा नटिकेको प्रमाणित भयो। यो हारले नेपाललाई अंक तालिकामा मात्र होइन, मानसिक र रणनीतिक रूपमा पनि कमजोर बनाउन बनाइदिएको छ।

डबल राउन्ड रोबिनको आधारमा भइरहेको प्रतियोगितामा नेपालका लागि यो तीन खेलमा दोस्रो हार हो। योसँगै ९ अंकसहित शीर्ष स्थानमा रहेको भारत र उसलाई ६ अंकसहित पछ्याइरहेको बंगलादेश उपाधिको दाबेदारीमा रहने पक्का भएको छ।

तर, पहिलो खेलमा भारतसँग ८–० ले पराजित हुँदै देखिनै शतप्रतिशत जित निकालेर च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल भने यसपल्ट तेस्रो स्थानमा रहन भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ।  

नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ यस्तो खराब नतिजाको मुख्य कारण टोलीको मानसिक कमजोरी भएको स्वीकार्छन्।

खेलपछि उनले भने, ‘नेपाली फुटबलमा लामो समयदेखि देखिँदै आएको समस्या भनेकै गोल खानासाथ आत्मबल गुमाउनु हो। बंगलादेशविरुद्ध पनि नानीहरू अनावश्यक रूपमा आत्तिए।’

खेलमा थुनुए मार्माले ४१औं मिनेटमा बंगलादेशको पहिलो गोल गरिन्। त्यसपछि सौरभी प्रीतिले ४५औं मिनेटमा दोस्रो गोल थपिन्।

दोस्रो हाफको इन्ज्युरी समयमा रेयाले तेस्रो गोल गर्दै बंगलादेशलाई जित मात्रै सुनिश्चित गराइनन् उपाधि होडमा पुनरागमन समेत गराइन्। नेपालले खेल अवधिभर केही अवसर सिर्जना गरेको भए पनि ती निर्णायक सावित भएनन्।

५५औं मिनेटमा सहारा लिम्बूको प्रहार सीधै पोस्टमा ठोक्कियो। केही मिनेटपछि उनले ‘वान भर्सेस वान’को अवसरसमेत खेर फालिन्। दिकी स्याङ्बो लामाले दिएको थ्रु पास उत्कृष्ट भए पनि अन्तिम टच भारी साबित भयो। ती दुई क्षणमा खेलको कथा अर्कै बन्न सक्थ्यो।

श्रेष्ठ पनि स्वीकार गर्छन्,‘दोस्रो हाफमा हाम्रै केही राम्रा अवसर थिए, तर तिनलाई गोलमा परिणत गर्न सकेनौं।’

अर्को खेल बुधबार नेपाल र बंगलादेशबीच हुनेछ। यदि नेपालले सकारात्मक परिणाम निकाल्न सकेन भने उपाधि समीकरणबाट बाहिरिनु पर्नेछ। अहिलेको अवस्था पनि लगभग बाहिरिसकेको छ।

त्यसैले भारत र भुटानबीचको खेल पनि निर्णायक सावित हुनेछ। डबल राउन्ड रोबिन प्रणाली अनुसार समूह चरणका खेल सकिएपछि शीर्ष स्थानमा रहने टोली नै च्याम्पियन हुनेछ।

नेपालका लागि अब चुनौती स्पष्ट छ। मानसिक स्थिरता कायम राख्दै गोलमा परिणत गर्ने क्षमतामा सुधार्नु र रणनीति अनुसार खेल खेल्नुपर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध