• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाली टोलीमा पुरानै रोगको समस्या
खेलपाटी संवाददाता
२ घण्टा अगाडि खेलपाटी संवाददाता
नेपाली टोलीमा पुरानै रोगको समस्या

काठमाडौं। इतिहासले पनि प्रमाणित गरिसकेको थियो– नेपालभन्दा बंगलादेश निकै बलियो छ।

तर, थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आइतबार सम्पन्न साफ यु–१७ महिला च्याम्पियनसिपमा खेलमा त्यो बलियो टोलीसँग नेपालले जुन तरिकाले ४० मिनेटसम्म खेलेको थियो त्यसले इतिहास पल्टाउने संकेत देखाइसकेको थियो। यद्यपि, नेपाली टोली फेरि पुरानै कमजोरीको जालमा फस्यो। गोल खाएलगत्तै आत्मबल गुमाउन पुग्यो।

साबिक विजेता बंगलादेशले ३–० को जित हात पार्दा नेपालको खेलक्रम फेरि पनि मानसिक स्थिरतामा नटिकेको प्रमाणित भयो। यो हारले नेपाललाई अंक तालिकामा मात्र होइन, मानसिक र रणनीतिक रूपमा पनि कमजोर बनाउन बनाइदिएको छ।

डबल राउन्ड रोबिनको आधारमा भइरहेको प्रतियोगितामा नेपालका लागि यो तीन खेलमा दोस्रो हार हो। योसँगै ९ अंकसहित शीर्ष स्थानमा रहेको भारत र उसलाई ६ अंकसहित पछ्याइरहेको बंगलादेश उपाधिको दाबेदारीमा रहने पक्का भएको छ।

तर, पहिलो खेलमा भारतसँग ८–० ले पराजित हुँदै देखिनै शतप्रतिशत जित निकालेर च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल भने यसपल्ट तेस्रो स्थानमा रहन भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ।  

नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ यस्तो खराब नतिजाको मुख्य कारण टोलीको मानसिक कमजोरी भएको स्वीकार्छन्।

खेलपछि उनले भने, ‘नेपाली फुटबलमा लामो समयदेखि देखिँदै आएको समस्या भनेकै गोल खानासाथ आत्मबल गुमाउनु हो। बंगलादेशविरुद्ध पनि नानीहरू अनावश्यक रूपमा आत्तिए।’

खेलमा थुनुए मार्माले ४१औं मिनेटमा बंगलादेशको पहिलो गोल गरिन्। त्यसपछि सौरभी प्रीतिले ४५औं मिनेटमा दोस्रो गोल थपिन्।

दोस्रो हाफको इन्ज्युरी समयमा रेयाले तेस्रो गोल गर्दै बंगलादेशलाई जित मात्रै सुनिश्चित गराइनन् उपाधि होडमा पुनरागमन समेत गराइन्। नेपालले खेल अवधिभर केही अवसर सिर्जना गरेको भए पनि ती निर्णायक सावित भएनन्।

५५औं मिनेटमा सहारा लिम्बूको प्रहार सीधै पोस्टमा ठोक्कियो। केही मिनेटपछि उनले ‘वान भर्सेस वान’को अवसरसमेत खेर फालिन्। दिकी स्याङ्बो लामाले दिएको थ्रु पास उत्कृष्ट भए पनि अन्तिम टच भारी साबित भयो। ती दुई क्षणमा खेलको कथा अर्कै बन्न सक्थ्यो।

श्रेष्ठ पनि स्वीकार गर्छन्,‘दोस्रो हाफमा हाम्रै केही राम्रा अवसर थिए, तर तिनलाई गोलमा परिणत गर्न सकेनौं।’

अर्को खेल बुधबार नेपाल र बंगलादेशबीच हुनेछ। यदि नेपालले सकारात्मक परिणाम निकाल्न सकेन भने उपाधि समीकरणबाट बाहिरिनु पर्नेछ। अहिलेको अवस्था पनि लगभग बाहिरिसकेको छ।

त्यसैले भारत र भुटानबीचको खेल पनि निर्णायक सावित हुनेछ। डबल राउन्ड रोबिन प्रणाली अनुसार समूह चरणका खेल सकिएपछि शीर्ष स्थानमा रहने टोली नै च्याम्पियन हुनेछ।

नेपालका लागि अब चुनौती स्पष्ट छ। मानसिक स्थिरता कायम राख्दै गोलमा परिणत गर्ने क्षमतामा सुधार्नु र रणनीति अनुसार खेल खेल्नुपर्नेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चुकेका फर्नान्डेस
चुकेका फर्नान्डेस
चक्किएका भिनिसियस र एमबाप्पे
चक्किएका भिनिसियस र एमबाप्पे
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर
पहिलो हाफमै नेपालले खायो २ गोल
पहिलो हाफमै नेपालले खायो २ गोल
भारतको उपाधि सम्भावना बलियो
भारतको उपाधि सम्भावना बलियो
छहारी र राप्ति रोकिए
छहारी र राप्ति रोकिए
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
नेपाली टोलीमा पुरानै रोगको समस्या
नेपाली टोलीमा पुरानै रोगको समस्या
चुकेका फर्नान्डेस
चुकेका फर्नान्डेस
चक्किएका भिनिसियस र एमबाप्पे
चक्किएका भिनिसियस र एमबाप्पे
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP