काठमाडौं। दोस्रो हारसँगै नेपालको साफ महिला यु–१७ च्याम्पियनसिप जित्ने सम्भावना कमजोर भएको छ।
चाङ्लिमिथाङ रंगशालामा आइतबार सम्पन्न तेस्रो खेलमा बंगलादेशसँग नेपाल ३–० ले पराजय बेहोर्न पुगेको हो।
योसँगै बंगलादेशले २ खेलबाट ६ अंक पुर्याएको छ। बंगलादेशले पहिलो खेलमा भुटानलाई ३–१ ले हराएको थियो। दोस्रो खेलमा भने भारतसँग २–० ले पराजित हुन पुगेको थियो। भारत भने ९ अंकसहित शीर्ष स्थानमा छ।
यसअघि पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको नेपालको ३ अंक छ। नेपालले प्रतियोगितामा एक मात्रै जित भुटानविरुद्ध २–१ को निकालेको थियो। भुटान भने तीनवटै खेल हार्दै पुछारमा छ।