काठमाडौं। भारतले लगातार तेस्रो जितसहित साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि सम्भावना बलियो बनाएको छ।
चाङ्लिमिथाङ रंगशालामा आइतबार सम्पन्न तेस्रो खेलमा भारतले भुटानलाई ८–० ले पाखा लगाएको हो।
जितसँगै भारतले ३ खेलबाट ९ अंक पुर्याएको छ। भारतले नेपाललाई ८–० र बंगलादेशलाई २–० ले हराएको थियो।
भुटानको भने यो लगातार तेस्रो हार हो। बंगलादेशसँग भुटान ३–१ र नेपालसँग २–१ ले पराजित भएको थियो।
भारतलाई पछ्याइरहेका बंगलादेश र नेपालको समान ३ अंक छ। यी दुई टोली केही बेरमा भिड्दैछन्।