काठमाडौं। विभागीय टोली एपीएफ फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा रोमाञ्चक जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लबलाई २-१ ले पराजित गरेको हो। जितसँगै १४ खेलमा २६ अंक जोडेको एपीएफ छैटौं स्थानमा उक्लिएको छ। पराजित मच्छिन्द्र समान खेलबाट २७ अंका साथ चौथो स्थानमा छ।
एपीएफलाई जित दिलाउन सुजन तामाङ र पुजन ढकालले गोल गरे। मच्छिन्द्रका लागि गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो।