सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’

शुक्रबार, ०६ भाद्र २०८२खेलपाटी संवाददाता
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’
Loading ad...
mustang rice ad

काठमाडौं । ई स्पोर्ट्स खेललाई प्रबर्द्धन गर्न भन्दै छिमेकी देश भारतले 'अनलाईन गेमिङ विधेयक' पारित गरेको छ । 

लोकसभाबाट पारित भएको ‘प्रमोसन एण्ड रेग्युलेशन अफ अनलाईन गेमिङ बिधेयक’ बिहीबार राज्यसभाबाट समेत पारित भएको छ । 

राष्ट्रपतिबाट स्वीकृत भएपछि विधेयक कानुनको रुपमा लागु हुनेछ । अनलाईन गेमिङको मुल उद्धेश्य भनेको ई स्पोर्ट्स र सोशल गेम्सको बढवा हुनु रहेको बताईएको छ । साथै विधेयकले अनलाईन बेटिङ र रियल मनि गेमिङ (फेन्टासी गेम, पोकर, क्यासिनो गेम, लोटरी, स्पोर्ट्स बेटिङ) लगायतका खेलमाथि प्रतिबन्ध लगाएको छ । 

विधेयक पारित भएसँगै अब ई स्पोर्ट्सले भारतमा एक आधिकारिक खेलको रुपमा हैसियत प्राप्त गरेको छ । अब खेलकुद मन्त्रालयले ई स्पोर्ट्सका लागि नियम, निर्देशिका जारी गर्नेछ । यसका लागि प्रशिक्षण एकेडेमी र अनुसन्धान सेन्टर समेत स्थापना गरिने बताईएको छ । 
योसँगै ई स्पोर्ट्सलाई राष्ट्रिय खेल नीतिमा समावेश गर्नेेदेखि खेलाडीका लागि प्रोत्साहन योजना समेत सञ्चालन गर्ने तयारी छ । 

अनलाईन गेमिङ विधेयकमा देशभित्र अनलाईन जुवा, बेटिङ र रियल मनी गेमको रुपमा रहेका फेन्टासी गेम्सदेखि क्यासिनोका खेललाई अनुमती दिइएको छैन । विधेयकले बैंक तथा वित्तिय संस्थाहरुलाई यस्ता गेम्ससँग जोडिएको आर्थिक कारोबारलाई रोक लगाउनुपर्ने बताएको छ ।  

यस्ता प्लेटफर्मलाई भारतमा प्रतिबन्ध गरिने बिधेयकमा उल्लेख छ । सरकारले सर्वसाधारणमा लाग्ने लत, आर्थिक हानी, धोकाधडी र मनी लोन्डिङ्ग जस्ता समस्याबाट बचाउन यो कदम उठाईएको दाबी गरेको छ । 

बिधेयकको कडा असर क्रिकेट उद्योग र विज्ञापनको क्षेत्रमा पर्ने अनुमान गरिएको छ । ड्रिम इलाभेन भारतीय क्रिकेट टिमको मुख्य प्रायोजक हो भने माई इलेभेन सर्कलले आईपीएलको फ्रेन्टासी राईट्स ५ वर्षका लागि किनेको छ । यसबाट बिज्ञापन बजारमा १७ हजार करोडको नोक्सान हुने अनुमान छ । साथै खेलाडीको ब्यक्तिगत प्रायोजनदेखि कबड्डी, फुटबलमा समेत यसको असर पर्नेछ ।

नेपाल सरकारले समेत ई स्पोर्ट्स खेलको सम्भावनालाई देखेर खेलकुद संघको रुपमा ई स्पोर्ट्स संघ नेपालको स्थापना गरेको छ । ई स्पोर्ट्सलाई सरकारले राष्ट्रिय खेल नीतिमा समावेश गरेपनि यसको सञ्चालनको नियम, निर्देशिका बनाउने विषयमा सरकारको ध्यान जान सकेको छैन । जसले गर्दा ई स्पोर्ट्समा लोकप्रिय रहेका गेमिङ सरकारको पहुँच र नियमन भन्दा बाहिर छन् । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य