मंगलबार, मंसिर १७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’

शुक्रबार, ०६ भाद्र २०८२खेलपाटी संवाददाता
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’
Classic Tech Internet Ad

काठमाडौं । ई स्पोर्ट्स खेललाई प्रबर्द्धन गर्न भन्दै छिमेकी देश भारतले 'अनलाईन गेमिङ विधेयक' पारित गरेको छ । 

लोकसभाबाट पारित भएको ‘प्रमोसन एण्ड रेग्युलेशन अफ अनलाईन गेमिङ बिधेयक’ बिहीबार राज्यसभाबाट समेत पारित भएको छ । 

राष्ट्रपतिबाट स्वीकृत भएपछि विधेयक कानुनको रुपमा लागु हुनेछ । अनलाईन गेमिङको मुल उद्धेश्य भनेको ई स्पोर्ट्स र सोशल गेम्सको बढवा हुनु रहेको बताईएको छ । साथै विधेयकले अनलाईन बेटिङ र रियल मनि गेमिङ (फेन्टासी गेम, पोकर, क्यासिनो गेम, लोटरी, स्पोर्ट्स बेटिङ) लगायतका खेलमाथि प्रतिबन्ध लगाएको छ । 

विधेयक पारित भएसँगै अब ई स्पोर्ट्सले भारतमा एक आधिकारिक खेलको रुपमा हैसियत प्राप्त गरेको छ । अब खेलकुद मन्त्रालयले ई स्पोर्ट्सका लागि नियम, निर्देशिका जारी गर्नेछ । यसका लागि प्रशिक्षण एकेडेमी र अनुसन्धान सेन्टर समेत स्थापना गरिने बताईएको छ । 
योसँगै ई स्पोर्ट्सलाई राष्ट्रिय खेल नीतिमा समावेश गर्नेेदेखि खेलाडीका लागि प्रोत्साहन योजना समेत सञ्चालन गर्ने तयारी छ । 

अनलाईन गेमिङ विधेयकमा देशभित्र अनलाईन जुवा, बेटिङ र रियल मनी गेमको रुपमा रहेका फेन्टासी गेम्सदेखि क्यासिनोका खेललाई अनुमती दिइएको छैन । विधेयकले बैंक तथा वित्तिय संस्थाहरुलाई यस्ता गेम्ससँग जोडिएको आर्थिक कारोबारलाई रोक लगाउनुपर्ने बताएको छ ।  

यस्ता प्लेटफर्मलाई भारतमा प्रतिबन्ध गरिने बिधेयकमा उल्लेख छ । सरकारले सर्वसाधारणमा लाग्ने लत, आर्थिक हानी, धोकाधडी र मनी लोन्डिङ्ग जस्ता समस्याबाट बचाउन यो कदम उठाईएको दाबी गरेको छ । 

बिधेयकको कडा असर क्रिकेट उद्योग र विज्ञापनको क्षेत्रमा पर्ने अनुमान गरिएको छ । ड्रिम इलाभेन भारतीय क्रिकेट टिमको मुख्य प्रायोजक हो भने माई इलेभेन सर्कलले आईपीएलको फ्रेन्टासी राईट्स ५ वर्षका लागि किनेको छ । यसबाट बिज्ञापन बजारमा १७ हजार करोडको नोक्सान हुने अनुमान छ । साथै खेलाडीको ब्यक्तिगत प्रायोजनदेखि कबड्डी, फुटबलमा समेत यसको असर पर्नेछ ।

नेपाल सरकारले समेत ई स्पोर्ट्स खेलको सम्भावनालाई देखेर खेलकुद संघको रुपमा ई स्पोर्ट्स संघ नेपालको स्थापना गरेको छ । ई स्पोर्ट्सलाई सरकारले राष्ट्रिय खेल नीतिमा समावेश गरेपनि यसको सञ्चालनको नियम, निर्देशिका बनाउने विषयमा सरकारको ध्यान जान सकेको छैन । जसले गर्दा ई स्पोर्ट्समा लोकप्रिय रहेका गेमिङ सरकारको पहुँच र नियमन भन्दा बाहिर छन् । 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित

नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित

पोखराको दोस्रो जित, कर्णालीको लगातार चौथो हार

पोखराको दोस्रो जित, कर्णालीको लगातार चौथो हार

एनपीएल कि स्थानीय मेला?

एनपीएल कि स्थानीय मेला?

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

चितवनमाथि सानदार जित, जनकपुरको प्लेअफ यात्रालाई कायमै

चितवनमाथि सानदार जित, जनकपुरको प्लेअफ यात्रालाई कायमै

म्याक्सवेल र मोइन अलीले आइपीएलको अक्सनबाट फिर्ता लिए नाम

म्याक्सवेल र मोइन अलीले आइपीएलको अक्सनबाट फिर्ता लिए नाम

जनकपुरलाई चुनौतीपूर्ण लक्ष्य

जनकपुरलाई चुनौतीपूर्ण लक्ष्य