एनआरटीको पुनरागमन जित
सोमबार, ०२ भाद्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। न्युरोड टिम (एनआरटी) ले एन्फा महिला लिग छनोटमा पुनरागमन जितसहित विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा एनआरटीले नेपाल खेलकुद क्लबविरुद्ध ३-१ को जित निकालेको हो।
जितसँगै एनआरटीले तीन अंक जोडेको छ। दुवै खेलमा पराजित नेपाल खेलकुद अंकविहीन छ। एनआरटीलाई जित दिलाउन सजिना स्याङतान, प्रतीक्षा ठकुरी र संगीताकुमारी मल्लले गोल गरे।
नेपाल खेलकुदका लागि यशोदाकुमारी चिरालले गोल गरिन्।












