काठमाडौं। न्युरोड टिम (एनआरटी) ले एन्फा महिला लिग छनोटमा पुनरागमन जितसहित विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा एनआरटीले नेपाल खेलकुद क्लबविरुद्ध ३-१ को जित निकालेको हो।
जितसँगै एनआरटीले तीन अंक जोडेको छ। दुवै खेलमा पराजित नेपाल खेलकुद अंकविहीन छ। एनआरटीलाई जित दिलाउन सजिना स्याङतान, प्रतीक्षा ठकुरी र संगीताकुमारी मल्लले गोल गरे।
नेपाल खेलकुदका लागि यशोदाकुमारी चिरालले गोल गरिन्।