काठमाडौं। चर्च ब्वाइज युनाइटेडले एन्फा महिला लिग छनोटमा फराकिलो जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा चर्च ब्वाइजले एफसी रिएलेविरुद्ध ६-० को जित निकालेको हो।
चर्च ब्वाइजलाई जित दिलाउन सुजता फालुङ्वा र आशिका थापाले समान दुई तथा मनिषा तुमरोक र वर्षा ओलीले गोल गरे। यससँगै चर्च ब्वाइजले तीन अंक जोडेको छ। दुवै खेलमा पराजित रिएले अंकविहीन छ।