काठमाडौं। लामो समयदेखि गोलकिपिङ प्रशिक्षणमा संलग्न रहेका मनिष तिमल्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टोलीका गोलकिपर प्रशिक्षक बनेका छन्। यससँगै उनी विदेशी राष्ट्रिय टोलीमा प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका छन्।
अफगानिस्तानले ताजकिस्तानमा काफा नेसनल कप खेल्दैछ। उक्त प्रतियोगितामार्फत उनले गोलकिपर प्रशिक्षकको भूमिकामा डेब्यु गर्नेछन्। उक्त टोलीको नेतृत्व नेपाली राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक भिसेन्जो एनेसले गरिरहेका छन्।
उनले विभिन्न उमेर समूहका टोलीदेखि लिएर मनाङ मर्स्याङदी क्लबसम्म काम गरिसकेका छन्। उनीसँग भारतीय क्लब पन्जाब एफसी र गोकुलम केरलालाई गोलकिपिङ प्रशिक्षण दिएको अनुभव पनि छ।
आगामी अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म ताजिकिस्तान र उज्बेकिस्तानमा हुने काफा नेसन्स कप फुटबल प्रतियोगितामा इरान, अफगानिस्तान, तुर्किमेनिस्ता र किर्गिस्तान छन्।
यस्तै, भारत र ओमानले पनि सहभागिता जनाउँदैछन्।