काठमाडौं। मुख्य प्रशिक्षक स्टुअर्ट लले टप इन्ड टी–२० सिरिजअन्तर्गत मेलबर्न स्टार्स एकेडेमीसँगको खेलमा चार परिवर्तन गरेका छन्।
नेपालले टस हारेर पहिला फिल्डिङ गर्दैछ। लगातार दुई खेलमा पराजय भोगेपछि दबाबमा रहेका उनले नन्दन यादव, करण केसी, लोकेश बम र रिजन ढकाललाई आराम दिएका छन्।
उनले आरिफ शेख, भीम सार्की, सोमपाल कामी र शहाब आलमलाई टोलीमा स्थान दिएका छन्।