• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बार्सिलोनाको उपाधि यात्रा सुरु
खेलपाटी संवाददाता
१४ घण्टा अगाडि खेलपाटी संवाददाता
बार्सिलोनाको उपाधि यात्रा सुरु

काठमाडौं। मल्लोर्काविरुद्ध सहज जित निकाल्दै बार्सिलोनाले ला लिगाको उपाधि रक्षा अभियान सुरु गरेको छ। शनिबार सम्पन्न खेलमा बार्सिलोनाले ३–० को सहज जित निकालेको हो। 

खेलको सुरुआतमै बार्सिलोनाले अग्रता लिएको थियो। पहिलो हाफमै विपक्षी टोलीका दुई खेलाडीले रातो कार्ड खाँदा अवसरलाई सजिलै उपयोग गर्‍यो।

गत सिजनमा बार्सिलोनाको आक्रमण लाइनको नेतृत्व गरेका राफिन्हा र लामिन यमलले यसपटक पनि प्रारम्भमै आफ्नो क्षमता देखाए। खेलको सातौं मिनेटमा यमलको सुन्दर क्रसलाई राफिन्हाले नजिकैबाट हेडिङ गर्दै गोलमा परिणत गरे।

२३औं मिनेटमा फेरान टोरेसले पेनाल्टी बक्स बाहिरबाट प्रहार गर्दै दोस्रो गोल गरे। तर, यो गोललाई लिएर मल्लोर्काले आपत्ति जनायो। बिल्डअपको क्रममा एन्टोनियो राइयोको टाउको बलले लागेको थियो। उनी मैदानमा ढलेका थिए। केही मल्लोर्काका खेलाडीले खेल रोकिएको ठानेर खेल्न छोडे पनि रेफ्रीले खेल जारी राखे।

राइयोले भने,‘बल टाउकोमा लाग्दा मलाई चक्कर आयो, उठ्नै सकिनँ। यस्तो अवस्थामा खेल रोकिनु पर्थ्यो।’ बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले मल्लोर्काको असन्तुष्टि बुझेको बताए। ‘सायद म पनि खुसी हुने थिइनँ, तर म सधैं रेफ्रीले खेल नरोकेसम्म खेलिरहनुपर्छ भनेर खेलाडीलाई भन्छु,’ उनले भने।

रातो कार्ड र निर्णायक मोड
३०औं मिनेटमा मल्लोर्काका मानु मोरलानसले यमललाई फउल गर्दा दोस्रो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिए। त्यसपछि खेल अझै कठिन बन्यो। ३९औं मिनेटमा आक्रमणमा रहेका भेडाट मुरीकीले बार्सिलोनाका गोलकिपर जोआन गार्सियाको टाउकोमा खुट्टा हान्दा सुरुमा पहेंलो कार्ड पाए।

तर, भिडियो रेफ्री समीक्षा पछि रातो कार्डमा परिवर्तन भयो। ९ खेलाडीमा झरेपछि मल्लोर्काको खेल नियन्त्रणबाहिर गयो। अन्त्यतिर अतिरिक्त समयमा यमलले सुन्दर गोल गर्दै ३–० को जित सुनिश्चित गरे।

बार्सिलोना यस खेलमा आफ्नो स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीबिना खेलेको थियो। उनी चोटका कारण बाहिर छन्। नयाँ अनुबन्धित मार्कस रासफोर्ड ६९औं मिनेटमा सब्स्टिच्युट भएर मैदानमा प्रवेश गरे।

नयाँ गोलकिपर जोआन गार्सियाले बार्सिलोनाको डेब्यूमा धेरै दुख पाउन परेन। उनी यसै सिजन स्पेनिस प्रतिस्पर्धी क्लब एस्पान्योलबाट आएका हुन्। नियमित गोलकिपर टेर स्टेगेन पछिल्लो समय पछाडि शल्यक्रिया गराएपछि बाहिर छन्।

यसै खेलमा १८ वर्षीय डिफेन्डर जोफ्रे टोरेन्ट्सले पनि बार्सिलोनाबाट पहिलो खेल खेले।

अन्य खेल परिणाम
भ्यालेन्सिया र रियल सोसिडाडबीचको खेल १–१ को बराबरीमा टुंगियो।
आलाभेसले नवप्रवेशी लेभान्टेलाई २–१ ले हरायो।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
सविनाको ह्याट्रिकसँगै स्टुडेन्टको सहज जित
सविनाको ह्याट्रिकसँगै स्टुडेन्टको सहज जित
साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ
साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ
डिफेन्डिङ च्याम्पियन ल्होत्से सेमिफाइनलमा
डिफेन्डिङ च्याम्पियन ल्होत्से सेमिफाइनलमा
धैर्य गर्दै ग्वार्डियोला
धैर्य गर्दै ग्वार्डियोला
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
मालिका र पन्चमिलनलाई उपाधि
मालिका र पन्चमिलनलाई उपाधि
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै
शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP