काठमाडौं। रिचार्लिसनको दुई गोलसँगै टोटनह्याले प्रिमियर लिगमा सानदार सुरुआत गरेको छ।
शनिबार सम्पन्न खेलमा नवप्रवेशी बर्नलीलाई ३–० ले पराजित गरेको हो।
खेलको १० औं मिनेटमै ५५ मिलियन पाउन्डमा अनुबन्धित मोहम्मद कुदुसले आफ्नो प्रिमियर लिग डेब्यू खेलमै प्रभाव छोडे। उनले दिएको सुन्दर क्रसलाई रिचार्लिसनले हाफ भलीमा नेटको कुनामा पठाउँदै गोलमा परिणत गरे।
बल पोसेसनमा अपेक्षाकृत बलियो देखिएका थोमस फ्र्याङ्कका टोलीले गोल खाएपछिको प्रतिक्रिया सकारात्मक बनाएका थिए। पहिलो हाफको अन्त्यतिर बर्नली बराबरी गर्ने सम्भावनामा देखिएको थियो। तर, ६०औं मिनेटमा रिचार्लिसनले पुनः गोल गर्दै अग्रता दोब्बर बनाए।
त्यसको ६ मिनेटपछि नै ब्रेनन जोन्सनले अर्को गोल गर्दै सहज जित पक्का गरे।