काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र न्यूकासल युनाइटेडले अंक बाँडेका छन्।
भिल्ला पार्कमा शनिबार सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न सकेनन्। योसँगै दुवै टोलीले समान एक अंक प्राप्त गरेका छन्।
६६औं मिनेटमा भिल्ला १० खेलाडीमा सीमित बनेको थियो। भिल्लाका कोन्साले रातो कार्ड पाए।