नेपाललाई १८४ रनको विशाल लक्ष्य
शनिबार, ३१ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। बंगलादेश ‘ए’ले टप इन्ड टी–२० सिरिजमा नेपाललाई १८४ रनको विशाल लक्ष्य दिएको छ।
अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड २ मा टस जितेर पहिला ब्याटिङ थालेको बंलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको हो।
बंगलादेशका जिशान आलमले सर्वाधिक ७३ रन बनाए। ४६ बल खेलेका उनले चार चौका र ५ छक्का प्रहार गरे।
अफिफ हुसैन ४८ बलमा अविजित रहे। २३ बल खेलेका उनले नौ चौका प्रहार गरे।
नइम शेख २५ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो रहन सकेन। नेपालका रिजन ढकालले सर्वाधिक दुई विकेट लिए।
करण केसी, नन्दन यादव र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो।









-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)



