काठमाडौं। अस्ट्रेलियाली क्रिकेटका पूर्वकप्तान तथा प्रशिक्षक बब सिम्पसनको ८९ वर्षको उमेरमा निधन भएको छ।
क्रिकेट अस्ट्रेलियाले शनिबार सिड्नीमा जारी गरेको विज्ञप्तिमार्फत उनको निधनको पुष्टि गरेको हो। सिम्पसनले अस्ट्रेलियाका लागि ६२ टेस्ट खेलेका थिए, जसमा ३९ खेलमा कप्तानी गरेका थिए। उनको ब्याटिङ औसत ४६.८१ थियो।
सिड्नीमै हुर्केका सिम्पसनले सन् १९५७ मा अस्ट्रेलियासँग पहिलो अन्तर्राष्ट्रिय यात्रा गरेका थिए र छिट्टै नै देशका उत्कृष्ट अलराउन्डरमध्ये एक बने।
उनले आफ्नो ३०औं टेस्टसम्म शतक बनाएका थिएनन्। तर, सन् १९६४ मा ओल्ड ट्राफर्डमा उनले ३११ रनको सानदार इनिङ्स खेल्दै पहिलो शतकलाई त्रिशतकमा रूपान्तरण गरे।
सन् १९६७ को सिरिजपछि उनले सन्न्यास लिएका थिए। तर, एक दशकपछि ४१ वर्षको उमेरमा वर्ल्ड सिरिज क्रिकेटको समयमा पुनः कमब्याक गरेका थिए