शनिबार, ०९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली

बिहिबार, २९ श्रावण २०८२
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
Loading ad...
mustang rice ad

अस्ट्रेलिया (डार्बिन)। अस्ट्रेलियाको उत्तरी सहर डार्विनमा नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबारदेखि टप एन्ड टी–२० प्रतियोगितामा सुरु गर्दैछ।

यो प्रतियोगिता नेपाली टोलीका लागि मिसन हो। कप्तान रोहित पौडेलका शब्दमा नेपालदेखि अस्ट्रेलिया आउनुको कारण सिक्न होइन, जित्न नै हो। 

डार्विनमा झर्दा टोलीका कतिपय खेलाडीको मनमा अस्ट्रेलियामा नेपालीको समर्थन कम हुने शंका हुनसक्थ्यो। तर, त्यो शंकालाई यहाँको नेपाली समुदायले दूर गर्दिए। झन्डा बोकेर हर्षध्वनिमा टिकामालासहितको स्वागतले खेलाडीहरूलाई घरको अनुभूति गराएको छ।

कप्तान रोहित मुस्कुराउँदै भन्छन्, ‘थोरै नेपाली भए पनि एयरपोर्टमै आएर स्वागत गर्नुभयो, त्यो देख्दा एकदमै राम्रो लाग्यो।’ यो भावनात्मक स्वागत मात्र थिएन, बरु टोलीको आत्मबल बढाउने प्रेरणादायी क्षण पनि थियो।

होटलको सुविधा, इन्डोर नेट, बलिङ मेसिन, फिटनेस रुम सबै कुरामा उनी सन्तुष्ट छन्। उनका अनुसार यहाँको पिचको बाउन्स र सिम मुभमेन्ट नेपालको मैदानभन्दा फरक छ। यसले ब्याटरलाई नयाँ परिस्थिति अनुसार तयारी गर्न बाध्य बनाउँछ।

रोहित पनि आफ्नो स्कोरिङ अप्सनमा काम गरिरहेका छन्। तर, यो भ्रमणको सबैभन्दा ठूलो हतियार भनेको बलिङ हो। उनी स्पष्ट हुँदै भन्छन्,‘अस्ट्रेलियाको इतिहास हेर्दा तीव्र गतिका बलरलाई जहिले फाइदा हुन्छ। त्यसैले हामी हाम्रो बेस्ट बलिङ अट्याकसहित मैदानमा उत्रनेछौं।’

नेपालले टी–२० विश्वकप छनोटको तयारीस्वरूप अगस्ट १४ देखि २४ सम्म डार्बिनमा सिरिज खेल्न लागेको हो। सिरिजमा नेपालसँगै बंगलादेश ‘ए’,  मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स, पाकिस्तान शाहीन्स र नर्दर्न टेरिटोरी स्ट्राइकर छन्।

नेपालले पहिलो खेलमा स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्नेछ । डार्बिनको मौसम पनि खेलमा महत्त्वपूर्ण कारक बन्नेछ। बिहानको घाम मधुरो भए पनि दिउँसोमा यसको तिव्रता बढ्छ र हावाले बललाई असमान बाउन्स दिन सक्छ।

यहाँको पिचमा सिम मुभमेन्ट हुने भएकाले ब्याटरका लागि सुरुआती ओभरमा खेल सजिलो हुनेछैन। तर, यो परिस्थिति तीव्र गतिका बलरका लागि वरदान साबित हुन सक्छ। बल राम्रोसँग स्विङ र सिम भए विकेट लिने सम्भावना धेरै हुन्छ।

पहिलो दिनदेखि नै देखिएको नेपाली समुदायको समर्थनले टोलीमा नयाँ ऊर्जा थपेको छ। अभ्यास सत्रमा पनि केही दर्शकले फोटो खिच्ने अवसर पाए। यसले खेलाडीहरूको आत्मबल बढाएको छ। रोहित भन्छन्,‘यस्तो समर्थनले हामीलाई उत्साहित बनाएको छ।’

नेपाल क्रिकेटको इतिहासमा अस्ट्रेलियामा यस्तो स्तरको प्रतिस्पर्धात्मक खेल खेल्ने अवसर यसअघि कहिल्यै पाएको थिएन। त्यसैले यो भ्रमण जित मात्र होइन, अनुभव, आत्मविश्वास र भविष्यको तयारीको एउटा महत्त्वपूर्ण अध्याय बन्नेमा रोहित आशावादी देखिन्छन्।

भिडियो

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

जय ट्रफीमा भीमको अर्धशतक

जय ट्रफीमा भीमको अर्धशतक

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

जय ट्रफीमा भीमको अर्धशतक

जय ट्रफीमा भीमको अर्धशतक