काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग टोलीले सिरिज खेल्न लागेको जानकारी दिएको हो। सिरिज २६ देखि ३० अगस्टसम्म हुनेछ।
नेपालले अगस्ट २६ मा एसिटी र अगस्ट २८ मा साउथ अस्ट्रेलियायासँग समान दुई टी– २० खेल्नेछ। पहिलो खेल बिहान ४:४५ तथा दास्रो खेल ९:४५ मा सुरु हुने क्यानले जनाएको छ।
नेपालले अगस्ट ३० मा साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ। यो अभ्यास सिरिजअघि नेपालले टप एन्ड टी–२० सिरिज पनि खेल्नेछ।