काठमाडौं। अनुभवी भारतीय ब्याटर विराट कोहलीले ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने तयारी सुरु गरेका छन्।
उनी लन्डनमा गुजरात टाइटन्सका सहायक प्रशिक्षक नईम अमिनको नेतृत्वमा प्रशिक्षण गरिरहेका छन्। कोहलीले अक्टोबरमा अस्ट्रेलियाविरुद्धको ३ एकदिवसीय सिरिज खेल्नेछन्।
३६ वर्षीय भारतीय ब्याटरले शुक्रबार इन्स्टाग्राम स्टोरीमा आफ्नो अभ्यासको तस्बिर पोस्ट गरेका हुन्। तस्बिरमा उनी नईम अमिनसँग देखिएका छन्। नईमले पनि कोहलीको ब्याट समातेका छन्। विराटले लेखेका छन्,‘तयारीमा सहयोग गरेकोमा धन्यवाद दाजु। तपाईंलाई देख्न पाउँदा सधैं खुशी लाग्छ।’
कोहलीले मार्च ९, २०२५ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्। उनले अन्तिम पटक च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए। भारतीय टोलीले त्यो खेल ४ विकेटले जितेको थियो।
भारतले १९ देखि २५ अक्टोबरसम्म अस्ट्रेलियासँग ५ वटा टी–२० खेल पनि खेलिनेछन्, तर विराट कोहली टी–२० खेलको हिस्सा हुनेछैनन्। उनले एकदिवसीय सिरिज मात्रै खेल्नेछन्।