एनपिएल मिनी अक्सन : आदिल र शरदसहित ८ खेलाडी ए क्याटोगोरीमा
बुधबार, साउन २२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को मिनी अक्सनमा १५० खेलाडीले भाग लिने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई सर्टलिस्ट गरेर अक्सनका लागि फाइनल गरिएको हो।
क्यानका अनुसार ए क्याटोगोरीमा दुई विकेटकिपरसहित ८ खेलाडी छन्। यो क्याटोगोरीमा अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन्।
बी क्याटोगोरीमा आकाश त्रिपाठीसहित ३५ र बाँकीलाई सी क्याटोगोरीमा राखिएको छ।















