काठमाडौं। एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी फुटबल क्लब र एफसी रिएले भिड्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार भदौ २७ गते हुने उद्घाटन खेलमा यी दुई टोली भिड्ने भएका हुन्।
एन्फा कम्प्लेक्समा यो खेल १२:३० बजे हुनेछ। सोही दिन ४ बजे यही मैदानमा संकटा फुटबल क्लब र नेपाल खेलकुद क्लब भिड्ने भएका छन्।
प्रतियोगितामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसहित १४ टोलीको सहभागिता रहने छ।